विद्यार्थीमा भाइरल ज्वरो संक्रमण बढेपछि राप्तीका विद्यालय बन्द


appharu

१८ श्रावण २०७९, बुधबार १०:१३ मा प्रकाशित

पालिकापत्र, राप्ती । दाङको राप्ती गाउँपालिकाका विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि पालिकाका सबै विद्यालय सात दिनका लागि बन्द गरिएका छन।

गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारदेखि साउन २४ गतेसम्मका लागि बन्द गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए। उनका अनुसार गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत बालबालिकामा ज्वरोको संक्रमण देखिन थालेकाले बिद्यालय एक सातासम्म बन्द गर्ने निर्णय गरिएको हो ।

राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरे पछि आजवाट कार्यान्वयनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्