रसाइलीको निधनमा नेपाल चीन मैत्री समाजद्वारा शोक व्यक्त


appharu

२७ श्रावण २०७९, शुक्रबार १७:१९ मा प्रकाशित

पालिकापत्र,सिद्धार्थनगर । नेपाल चीन मैत्री समाज लुम्बिनीकी सदस्य कान्ता रसाइलीको निधनप्रति समाजले शोक व्यक्त गरेको छ । नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै रसाइलीले निधनबाट समाज स्तब्ध भएको उल्लेख गर्दै मृत आत्माको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । भैरहवाको लुम्बिनी शिशु सदनकी संस्थापक समेत रहेकी रसाइलीले नेपाल चीन मैत्री समाजलाई पुराएको योगदान सधैं स्मरणीय रहने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्