पालिकापत्र,बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १५ ले वडाका जेष्ठ नागरिकलाई त्रिवेणी धाम र मुक्तिनाथ धाम दर्शन गराएको छ । श्रावणी मेला अन्तर्गत साउनको अन्तिम सोमबार शिव स्नान र जलार्पणका लागि वडाका ६० वर्षमाथिका पुरुष र महिला गरी १३३ जनालाई तीनवटा बस रिजर्ब गरेर भ्रमण तथा दर्शन गराइएको वडाध्यक्ष शिव रानाले बताए ।
वडाका जेष्ठ नागरिकहरुको सम्मान र धर्म संस्कृतिको संरक्षणका लागि वडाको खर्चमा जेष्ठ नागरिकहरुलाई नवलपरासीको त्रिवेणी र बुटवल नयांगाउंको मुक्तिनाथधाम दर्शन गराइएको अध्यक्ष रानाले बताए । यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए ।