१४ कारणले छ नागरिकता विधेयक राष्ट्रघाती


appharu

१३ भाद्र २०७९, सोमबार १५:२६ मा प्रकाशित

दिल साहनी
प्रतिनिधि सभाले पारित गरेर राष्ट्रपतिबाट फिर्ता भई राष्ट्रिय सभामा पुगेको र त्यहांबाट विधायन समितिमा पठाइएको नागरिकता विधेयक किन राष्ट्रघाती छ भन्ने केही कारणहरु छन् । जुन यसप्रकार रहेका छन् ।
१ चुनाव घोषित अवस्थामा मुलुकमा दूरगामी प्रभाव पार्ने कानून बनाउन मिल्दैन ।
२ नागरिकता नीति आफ्नो राष्ट्रको हित र स्वार्थ अनुकूल कठोर वा उदार हुने गर्दछ ।
३ नेपालको भौगोलिक, ऐतिहासिक राजनैतिक सामाजिक तथा सांस्कृतिक कारणले कठोर हुन आवश्यक छ ।
४ नेपाल दुई ठुला देश चीन र भारतको बिचमा रहेको सानो देश हो ।
५ चीनकोजनसंख्या १ अरब ४० करोड जति छ । भारतको जनसंख्या १ अरब ३८ करोड जति छ । नेपालको जनसंख्या ३ करोड मात्र छ ।
६ नेपाल र चीन र भारतको सीमा खुला छ । दुबै देशबाट त्यहाँका जनता बेरोक टोक नेपाल छिर्न सक्दछन् ।
७ नेपालसित खुला सीमाबाट को आयो कहाँ छ त्यसको कुनै लगत छैन ।
८ नेपालपा खास गरि २०६३ तिर ४० लाख बिदेशीले झूठो विवरण दिएर नेपाली नागरिकता लिएको चर्चा छ । त्यसको कुनै छानबिन भएको छैन ।
९ बाबुको पता नलागेकालाई बंशजको आधारमा नागरिकता दिने कि अंगीकृत दिने छलफल हुन जरुरी छ । बाबुको पता नहुनेलाई आमाका नाममा नागरिकता दिंदा नकली आमा बनाएर बिदेशीले नेपाली नागरिकता लिने कुरोलाई कसरी रोक्ने रु
१० नेपालका चेली भारतका बिबाह गर्दा नागरिकता प्राप्त गर्न ७ बर्ष कुर्न पर्ने । तर भारतीय चेलीलाई नेपालमा बिबाह हुँदा एउटा हातमा सिन्दुर अर्को हातमा नागरिकता किन रु
११ नेपाली चेलीले बिदेशी नागरिकसित बिबाह गरेमा भाञ्जा भान्जीलाई पनि नागरिकता दिनु कति उचित र व्यवहारिक होला रु
१२ बिदेशीले नागरिकता नपाउन भनेर खुला सीमा बन्द गराउन जरुरी हुन्छ हुँदैन रु
१३ भारतीय शासकको नेपालमा भारतीय जनसंख्याको अतिक्रमण गराएर नेपालको सिक्कीमीकरण गर्ने रणनीतिलाई मलजल गर्नु कहाँको राष्ट्रियता हो रु
१४ राष्ट्रपतिले जस्ताको तस्तै संसदबाट फर्काएको राष्ट्रघाती नागरिकता विधेयकलाई प्रमाणित गर्नुको सट्टा राजीनामा दिएमा वा दराजमा थन्काएर राखेमा उनी देश र जनताका नजरमा महान व्यक्ति हुन तथा इतिहास रच्न सफल हुनेछन् । देशभक्त जनता चाहन्छन् उनले देशको र आफ्नै पनि शिर उच्च राख्ने काम गर्नेछन् । आशा राखौं ।

प्रतिक्रिया दिनुहोस्