रन्जन काफ्ले जस्ता सक्षम युवाले टिकट पाए बढ्छ कांग्रेस र प्रदेशप्रति आकर्षण

विद्धता र धेरै क्षेत्रमा हासिल ज्ञानले काफ्ले सक्षम र उपयुक्त उम्मेदवार


appharu

१६ भाद्र २०७९, बिहीबार ०९:१६ मा प्रकाशित

पालिकापत्र,बुटवल । मंसिर ४ मा हुन गइरहेको प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले रुपन्देही २ (ख) प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ ९ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिले बुधबार सिफारिस गरेका नामहरुमा आर्किटेक्ट रञ्जन काफ्ले नयाँ अनुहार छन् । काफ्लेसंगै व्यवसायी महेशमान सिंह, रामबहादुर कार्की, मुक्ति अधिकारी, मुक्तिराज पौडेल, रामेश्वर श्रेष्ठ, गोकर्ण बन्जाडे, कृष्ण बेलबासे र गोबिन्द लम्साल सिफारिस भएका छन् ।

यी ९ जना मध्ये २९ वर्षिय काफ्ले नयाँ अनुहार हुन । तुलनात्मक रुपमा नयाँ भएपनि पार्टीको वैचारिक फाँट र सामाजिक क्षेत्रमा अनुभव बटुलेका उनी एक भिजनरी, सिर्जनशील र परिपक्व युवाका रुपमा चिनिन्छन। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको कार्ययोजना समिती सदस्य सचिव समेत रहेका उनैले बुटवलको स्थानीय चुनावमा ५ दलीय गठबन्धनको घोषणापत्र तयार गर्न सहलेखनको भूमिका खेलेका हुन् ।

पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसबाट आर्किटेक्चर बिषयमा उच्च शिक्षा हासिल गरेका रन्जनले विभिन्न निजी र गैरसरकारी व्यवसायिक संस्थाहरुमा रहेर पुर्वाधार योजना र अन्तरराष्ट्रिय सम्बन्धका क्षेत्रमा काम गरेको अनुभव बटुलेका छन् । काफ्ले त्यो अनुभव लुम्बिनी प्रदेश सभामा पुगेर लुम्बिनीमा अन्तरराष्ट्रिय लगानी आकर्षित गर्न विदेशी कम्पनी र सरकारहरुसंग मध्यस्थता गर्नका लागि उपयोग गर्ने योजना बोकेका छन्। काफ्ले नेपाली कांग्रेसमा विनोद चौधरीको अध्यक्षता रहेको लगानी, पुर्वाधार तथा रोजगार विशेष समिती अन्तर्गतको गरिखाने अभियानको उपप्रमुख कार्यकारी अधिकृत रुपमा काम गरेका छन। प्रदेश सभा र प्रदेश सरकारलाई कसरी प्रभावकारी, जनमुखी, भ्रष्टाचारमुक्त बनाउन सकिन्छ भन्ने योजना पनि काफ्ले संग छ।

उनी भन्छन – ‘लुम्बिनीमा विदेशी लगानी आकर्षित गरी उच्चस्तरको रोजगार सिर्जना गर्न सकिन्छ, यसमा राम्रो काम गरिरहेको उत्तरप्रदेश सरकार संग सिक्न सक्दछौँ। युपीले माइक्रोसफ्ट जस्ता कम्पनीलाई प्रदेशमा ल्याउदैछ। दक्षिण पुर्वी एसियामा लुम्बिनीको प्रचार गर्न रणनैतिक् योजना बनाएर काम गर्न सकिन्छ। लुम्बिनी नाममा एउटा निस्चित भुगोलमा मात्र सरकार केन्द्रित भयो, त्यसलाई अली विस्तारित गर्नपर्दछ, नया बौद्ध सम्पदाहरुको निर्माणलाई अरु जिल्लाहरुलाई समेत विस्तार गर्न सकिन्छ। लुम्बिनी बौद्ध विश्वविद्यालयलाई प्रदेश मातहतको स्वायत्त संस्थाका रुपमा ल्याएर प्राचिन तक्षशिला र नालन्दा विश्वविद्यालयको स्वरुप र उचाइमा बिकास गर्न सकिन्छ। तर मुख्य कुरा राजनीतिकरण र दलिय हस्तक्षेपबाट यस्ता कार्यक्रमहरुलाई मुक्त राख्न पर्दछ।’

काफ्लेले नेपाली कांग्रेस भित्र पार्टीको लोकतान्त्रिकरण, खुल्ला संगठन र युवा सहभागिताका पक्षमा विविध कार्यक्रम र प्रभावशाली लेखहरु प्रकाशित गरेका छन। युथ कांग्रेस, नियो डेमोक्रेट्स जस्ता अभियानहरुको स्थापना गरी कांग्रेस सम्बद्ध चिन्तक, बुद्धिजिवी र पार्टी नेत्रित्व, शुभेच्छुक एवम युवाहरुका माझ लोकतन्त्र, पार्टीको निती, कार्यक्रम एवम नेत्रित्वका विषयमा संवाद एवम अन्तर्कृया प्रबर्धनमा नेतृत्व गरेका छन् । पुल्चोक क्याम्पसमा नेबिसंघ इकाइ मार्फत राजनीतिमा औपचारिक प्रवेश गरेका काफ्ले पार्टीको आन्तरिक र आम निर्वाचनमा उमेदवारको चुनावी रणनीति बनाउने कामको नेत्रित्व गरेका छन।

स्थानिय तह निर्वाचन २०७४ मा नेपाली कांग्रेस पार्टीका तर्फबाट प्रस्तावित केन्द्रिय घोषणा पत्रमा बिकास कार्यक्रम, योजना एवम शहरी व्यवस्थाको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका थिए । संसारका सफल शहरहरुका पुर्व मेयरहरुलाई मानार्थ मेयर बनाएर उनिहरुको ज्ञान र अनुभवलाई नेपालका स्थानिय तहले मौलिक अवलम्बन गर्न सक्दछन भनेर संसारमै पहिलो पटक मानार्थ मेयरको अवधारणा राखेका थिए उनले। तर घोषणा पत्र लेखनलाई प्राथमिकता दिने तर निर्वाचित भएपछि त्यसलाई नजरअन्दाज गर्ने नेतृत्वको प्रवृत्तिका कारण धेरै कार्यक्रमहरु कार्यन्वयन हुन नसकेको तीतो अनुभव छ ।

उनले अहिले लिभेवल लुम्बिनी (बस्नयोग्य लुम्बिनी) अभियानलाई अगाडि बढाउदै छन। लुम्बिनी प्रदेश भित्र सामाजिक, सांस्कृतिक, कला र पर्यावरणका विविध पक्षहरु बिचको अन्तर्कृयालाई सम्मान र प्रोत्साहन गर्ने प्रविधी र पर्यटक मैत्री, मानव केन्द्रित पुर्वाधार सहितको प्रतिस्पर्धात्मक, उद्यमशील र चलयमान शहरहरु निर्माणका लागि लिभेवल लुम्बिनीले नेपाल र नेपाल बाहिर रहेका लुम्बिनी प्रदेशका युवा, विज्ञ, योजनाविद, बातावरणविद र सरोकारवाला नागरिक नेत्रित्वलाई जोडेर गैरराजनितिक सन्जाल निर्माण गर्नेछ। पालिकापत्रसंगको टेलिफोन कुराकानीमा उनी भन्छन- ‘लुम्बिनी प्रदेशको सबैभन्दा ठुलो सम्पत्ति भनेको यहाँका ब्रेनहरु हुन, मानव संसाधन। बेस्ट ब्रेनहरुलाई बाहिर राखेर प्रदेशको उन्नतीको कल्पना गर्न सकिदैन। संसारभर रहेका यहाँका युवाहरुलाई प्रदेशको बिकास प्रकृयामा जोड्नै पर्दछ।’

काफ्लेले स्थानिय तह निर्वाचनमा उमेदवारको कार्ययोजना र योग्यताका आधारमा मेयरको टिकट दिने खुल्ला प्रणालीको निर्माण गर्नका लागि फ्रेमवर्क तयार गरेका थिए । प्रदेश कार्यसमितीलेको बैठकले यो प्रस्ताव पारित गरेपनी कार्यन्वयन हुनसकेन। उनी प्रत्यक्ष लोकतन्त्र र खुल्ला पार्टीको समर्थक हुन। अहिले स्थानिय निर्वाचनमा केही स्थानमा स्वतन्त्र युवाहरुको जितलाई उनी सकारात्मक कोणबाट हेरेको पालिका पत्रलाई बताए। काफ्ले भन्छन -‘एउटा बलियो राजनितिक दल भन्दा एउटा कमजोर नागरिक बलियो हुने व्यवस्था नै वास्तविक् अर्थको लोकतन्त्र हो।’

काफ्लेले आईसीएसडीपी, युनेस्को, अमेरिकी राजदुतावासको युवा सल्लाहकार परिषद लगायत विभिन्न संघसंस्थामा रहेर अनुभव बटुलिसकेका छन। काफ्लेको विद्धता र ज्ञानको अनुभवले उनी प्रदेश सभा सदस्यमा टिकट पाउन सिफारिस अन्य भन्दा सक्षम र योग्य रहेका कांग्रेसका एक युवा नेता भन्छन् । ‘वितृष्णा बढ्दै गएको प्रदेश तहलाई बलियो बनाउन पनि पनि सक्षम र भिजनरी युवालाई टिकट दिनु र जिताउनु अहिलेका जनताको माग छ’–ती नेताले भने–‘राजनीतिमा ब्यापारी ब्यवसायी र पुराना होइन, कानुन र देश विदेशको विकासको मोडेल जानेको विषय विज्ञ नयां युवा आउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्