यी हुन् रुपन्देहीका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार


appharu

२३ आश्विन २०७९, आईतवार १९:२२ मा प्रकाशित

पालिकापत्र,बुटवल । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीका शीर्ष नेताहरुले आआफ्नो क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् ।
रुपन्देही १ को प्रतिनिधिसभामा एमाले राप्रपा जसपा गठबन्धनबाट एमालेका छविलाल विश्वकर्माले र सत्ता गठबन्धनको समर्थनमा टिकट नपाएपछि एमाले परित्याग गरेका घनश्याम भुसालले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराउनुभएको छ । एमाले गठबन्धनबाट प्रदेश सभामा दधिराम न्यौपाने र राप्रपाका आशिष चौधरी तथा कांग्रेसबाट अब्दुल रज्जाक र विश्वनाथ यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । रुपन्देही १ मा स्थानीय तहमा वडा अध्यक्षहरुले पाएको मतका आधारमा एमाले राप्रपा जसपा गठबन्धन सत्ता गठबन्धन भन्दा १२ हजार मतले अगाडि रहेको र एमाले प्रवेशको लहर चलेकाले एमाले राप्रपा जसपा गठबन्धनको जित सुनिश्चित भएको एमाले उम्मेदवार दधिराम न्यौपाने (एम एस)ले बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नंं ३ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता गर्नुभएको छ । उहांले आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । यो क्षेत्रमा प्रदेश सभा तर्फ नेपाली कांग्रेसका रामचन्द्र ढकाल र लोसपाका सन्तोष पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी रुपन्देही २ मा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णु पौडेलले उम्मेदवारी दिनुभएको छ । रुपन्देही २ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेश सभातर्फ एमालेबाट भोजप्रसाद श्रेष्ठ र लिला गिरी तथा कांग्रेसबाट दिर्घबहादुर केसी र बामदेव क्षेत्री उम्मेदवार बन्नुभएको छ ।
रुपन्देही क्षेत्र नं. ३ मा एमालेको समर्थनमा राप्रपाका दिपक बोहोराले उम्मेदवारी दिनुभएको छ । यो क्षेत्रमा एमाले गठबन्धनबाट जसपाका महेन्द्र यादव र एमालेका तुल्सीप्रसाद चौधरी उम्मेदवार बन्नुभएको छ ।
यस्तै रुपन्देही ४ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका प्रमोद यादवले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ । प्रदेश सभातर्फ कांग्रेसबाट अष्टभुजा पाठक र लोसपाबाट कन्हैया बानियाले उम्मेदवारी दर्ता गराउनुभएको छ । एमाले नेतृत्वको गठबन्धनबाट जसपाबाट ओमप्रकाश यादव गुल्जारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै प्रदेशसभामा एमालेका सुनिल कुमार गिरी,लोसपाबाट मोहनलाल यादव,जसपाबाट रामअवतार यादव र वसिउद्दिन खानले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
रुपन्देही ५ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता भरतकुमार शाहले उम्मेदवारी दर्ता गराउनुभएको छ । उता एमालेबाट टिकट खोसिएका तिलोत्तमाका पुर्व मेयर बासुदेव घिमिरे र एमालेबाटै खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । दुईजनाको उम्मेदवारी दर्ता भएपछि एमाले कार्यकर्ता अन्योलमा परेका छन् । पार्टीले भने खिमलाल भट्टराईको उम्मेदवारी आधिकारिक भएको जनाएको छ । प्रदेश सभातर्फ कांग्रेसबाट विष्णु पोखरेल र फखरुद्दिन खान,माओवादी केन्द्रबाट विनोद पहाडी तथा एमालेबाट भूमिश्वर ढकाल लगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैबीच रुपन्देहीका ४ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवारी पनि दर्ता भएको छ । जसअनुसार १ मा सुदन बास्कोटा,२ मा डा. निकोलस भुसाल, ३ मा प्रख्यात बन्जाडे र ५ मा भिष्म राना लगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राज्य खबरका लागि खबर ब्युरोको रिपोर्ट

प्रतिक्रिया दिनुहोस्