![](https://i0.wp.com/palikapatra.com/wp-content/uploads/2022/10/bajarangi.jpg?fit=1080%2C692&ssl=1)
पालिकापत्र, बाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी कुर्मी नेकपा (एमाले) मा प्रबेश गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) बाट ०७४ सालमा पालिका अध्यक्ष जितेका कुर्मी एमालेमा प्रवेश गरेका छन् ।
गत बैशाख ३० गते स्थानीय तहको चुनावमा दोस्रो स्थान हासिल गरेका उनी त्यस क्षेत्रका प्रभावशाली नेता हुन् ।
जसपाका बलिया नेताको एमाले प्रवेशले त्यस क्षेत्रको राजनीति तरङ्गित बनेको छ ।