झांक्री सांसद र मन्त्री भएपछि ५ वर्षसम्म गाउं फर्किनन्, अहिले टुरिस्ट जस्तै घुम्न आइन् : गोकर्ण विष्ट


appharu

१८ कार्तिक २०७९, शुक्रबार १९:३५ मा प्रकाशित

पालिकापत्र, बुटवल । नेकपा एमालेका सचिव गोकर्ण विष्टले गुल्मी २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झांक्रीलाई पर्यटकको संज्ञा दिएका छन् ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सोही क्षेत्रका उम्मेदवार रहेका नेता विष्टले झांक्री आफ्नो प्रतिष्पर्धी नभई एक महिना गाउं डुल्न आएको पर्यटक मात्रै भएको टिप्पणी गरे । सांसद र मन्त्री भएपछि झांक्री ५ वर्षसम्म गाउंमा नआएको भन्दै विष्टले अहिले चुनावमा उम्मेदवार भएपछि पर्यटक बनेर आएको बताए ।

विपक्षी उम्मेदवारसंग विगतमा गरेका काम र भविष्यमा गर्ने कुनै भिजन र एजेण्डा नभएको भन्दै विष्टले एमालेले गुल्मी २ मा २०७४ सालको भन्दा बढी मतान्तरले चुनाव जित्ने दावी गरे । ‘सांसद र मन्त्री भएपछि पांचवर्षसम्म उहांलाई गाउं आउन परेन,चुनाव आएपछि अहिले एक महिना पर्यटन प्रवद्र्धन गर्न हिंड्नुभएको छ’–विष्टले भने–‘उहांसंग विगतमा गरेका काम देखाउन १० हजार रुपैयांको योजनामा रकमहालेको समेत प्रमाण छैन, न त भविष्यमा गर्ने भिजन र एजेण्डा छन् त्यसैले गुल्मी २ मा एमालेको कसैसंग प्रतिस्पर्धा छैन ।’ झांक्रीको पार्टीले स्थानीय चुनावमा गुल्मी २ मा ५६७ मत मात्रै आएकाले त्यस्तो पार्टीसंग एमालेको प्रतिस्पर्धा नहुने विष्टले बताए । मन्त्री पद छाड्नुपर्दाको रुवाबासीले पनि झांक्रीको असली मुखुण्डो उदांगो भएको विष्टले बताए ।
आफू मन्त्री हुदा श्रमिक वर्गका लागि सामाजिक सुरक्षा योजना कार्यक्रम अघि बढाएको र तीनपटक निर्वाचित हुंदा कुनै गलत काम नगरेकोले विपक्षी दलका मतदाताले पनि आफूलाई मतदिने विष्टले विश्वास व्यक्त गरे ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी वैचारिक र व्यवहारिक रुपमैको स्खलित भएकाले उक्त पार्टीको औचित्य नभएको र चुनावपछि भविष्य समाप्तहुने दावी गरे । ‘पार्टी विभाजन गर्दा जे कुरा उठाइयो ती सबैमा स्खलित भयो’–विष्टले भने–‘नागरिकता विधेयक, एमसीसी र एसपीपी जस्ता मुद्दामा राष्ट्रियताा कमजोर बनाउन भूमिका खेल्यो, कांग्रेस जस्तो उदार पुंजीवादीसंग सांठगांठले त्यो पार्टीको राजनीतिक ग्राउण्ड सांघुरियो, चुनावपछि यस्ता खुद्रा पसलबन्द हुन्छन् ।’
राष्ट्र र जनताको हितमा गरेका राम्रा काम, अघि सारेका दुरगामी योजनाहरु, राष्ट्रियताको पक्षमा अडान र सक्षम नेतृत्व जस्ता कारणले आसन्न चुनावबाट एमालेले नै वहुमत ल्याउने विष्टले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्