बुटवल–१२ मा माओवादी र मसालका नेताहरु एमाले प्रवेश


appharu

१९ कार्तिक २०७९, शनिबार १५:५४ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल–१२ मा माओवादी केन्द्र र नेकपा मसालका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रकका तारा बहादुर थापा, शान्ता थापा, राधा रानाभाट
सिता केसी,बसन्त बहादुर थापा तथा मसालका माया जिसी, सुशीला मरासीनी, कमला पौडले ,सुन्तली सापकोटा, खुमलाल पौडेल र धन माया काउचा एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले उपाध्यक्ष तथा रुपन्देही २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णु पौडेल र प्रदेश सभा सदस्य उम्मेदवार भोजप्रसाद श्रेष्ठले पार्टीमा स्वागत गरेका थिए । नव प्रवेशीहरुले माओवादी र मसालले आफूलाई कम्युनिष्ट भन्ने तर दलाल पुंजीवादी पार्टी कांग्रेसको पुच्छर बनेकाले देशलाई सही मार्गमा नेतृत्व गर्न सक्ने पार्टी एमाले मात्रै देखेर प्रवेश गरेको बताए । बुटवल १२ मा यसअघि पनि माओवादी र एकीकृत समाजवादीका नेताहरु एमाले प्रवेश गरेका थिए ।
सो अवसरमा एमाले उपाध्यक्ष विष्णु पौडेलले जनताको वहुदलीय जनवादको विचारभित्र सबै कम्युष्टि र लोकतन्त्रवादी अटाउन सक्ने भन्दै बाटो बिराएकाहरुलाई पार्टीमा फर्किन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्