खेलाडीलाई निशुल्क स्वास्थ्य विमा र निर्वाह भत्ताको व्यवस्था गर्छौं : विष्णु पौडेल


appharu

२० कार्तिक २०७९, आईतवार ०७:२२ मा प्रकाशित

पालिकापत्र, बुटवल ­। पूर्व खेलकुद तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले खेलाडीलाई निशुल्क स्वास्थ्य विमा र अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका छन् ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीले शनिबार बुटवलमा आयोजना गरेको खेलाडी प्रशिक्षक तथा खेलप्रेमीहरूको वृहत भेलामा बोल्दै उनले देशका लागि खेलेर नाम उचो बनाउने खेलाडीहरुलाई सम्मानीत तरिकाले बा“च्ने आधार बनाउने बताए । ‘उर्जाशील जीवन खेलेरै बिताउन सकून् । त्यसकालागि खेलकुद पूर्वाधार निर्माण, प्रशिक्षण र वर्षभरि प्रतियोगिता आयोजना गर्ने वातावरण बनाउनेछौं,’ उनले भने, ‘रोग लाग्दा उपचार गर्न निशुल्क स्वास्थ्य विमा, जीवन विमा र अशक्त तथा बुढ्यौली उमेरमा निर्वाह भत्ताको व्यवस्था गर्नेछौं ।’

पूर्व मन्त्री पौडेलले खेलाडी राष्ट्रका गहना भएको बताउदै खेलाडीलाई वर्तमान र भविष्यमा जीउनेबारे चिन्ता लिन नपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । खेल स्वास्थ्य, अनुशाशन, मनोरन्जन र प्रतिश्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउदै उहाले सबैका लागि खेल गतिविधि गरिनु पर्ने बताए ।

एमाले उपाध्यक्ष पौडेलले आफू खेलकुद मन्त्री खेलको विकासका लागि बन्दा दशरथ रंगशाला, टिटी रंगशाला लगायतको स्तरोन्नतिमा गरेको काम उनले सम्झिए । अर्थमन्त्री हुंदा प्रदेश स्तरीय खेलमैदान, एक प्रदेश एक रंगशाला निर्माण, हाइअटिच्युट खेलको प्रशिक्षण र सुरुवात, शान्तिका लागि दौड, खेल पूर्वाधारको स्तरोन्नति लगायतको काम गरेको उनले बताए । ‘खेल मैदान, खेल पूर्वाधार र प्रशिक्षण अभावमा खेलाडीहरुले गतिविधि गर्न नपाउने अवस्था हुनु ह“ुदैन,’ उनले भने, ‘अब खेललाई पर्यटन, स्वास्थ्य, संस्कृति, अनुशाशन, शान्ति र सदभावलाई जोडेर विकास गर्ने योजना छ ।’

रुपन्देहीको क्ष्ँेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उमेदवार समेत रहेका पौडेलले खेल प्रतिश्पर्धाबाट दलहरुले स्वच्छ राजनीतिक प्रतिश्पर्धा सिक्नुपर्ने र स्वार्थ एवं अस्वस्थ प्रतिश्पर्धा हटाउन खेलका विधि र तरिकाहरुलाई जस्तै स्वच्छ विधि अवलम्बन गर्नुपर्ने बताए । खेल स्वास्थ्य, अनुशाशन, मनोरन्जन र प्रतिश्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउदै उनले अब सबैका लागि खेल गतिविधि गरिनु पर्ने बताए । राज्यका खेल सम्बद्ध संगठनले गर्न नसकेको काम मदन भण्डारी स्पोट्स एकेडेमीले गरेको समेत पौडेलले बताए ।

लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले आफू मन्त्री हुंदा एक पालिका एक खेलमैदा, उजीरसिंह रंगशाला, सिद्धेश्वरी खेलमैदान लगायतमा लगानी गरेको बताए । रुपन्देहीको क्ष्ँेत्र नम्बर २ को १ बाट प्रदेशसभाका एमाले उम्मेदवार समेत रहेका उनले अब खेलको पूर्वाधार विकास, निरन्तर प्रतियोगिता र खेलाडीलाई प्रोत्साहन गर्ने काम गर्ने बताए ।

आफूले अझै खेल र खेलाडीले देख्न सने गरी प्रदेशमा काम गरेर खेलाडीमार्फत देशलाई विश्वमा देशलाई चिनाउन आफू पछि नपर्ने प्रतिवद्धतासमेत उनले जनाए ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा रुपन्देही २ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले स्वास्थ्य र खेलको क्षेत्रमा देखिनेगरी काम गर्ने बताए । खेलाडीको सम्मान हुनु भनेको देशको सम्मान हुनु रहेको बताउदै खेललाई विभिन्न विधासंग जोडेर विकास गर्ने र खेलाडीलाई सहजरुपमा जिउने आधार तयार गर्ने प्रतिवद्धता जनाए ।

राप्रपा प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार प्रदीप उदयले खेलाडीको व्यवसायिकता र सम्मानित जीवनको लागि दल र तिनका नेताहरुले सोच्नुपर्ने बताए । जीवन खेलकुद र देशको इज्जयतमा सुम्पेका खेलाडीलाई अशक्त र बुढ्यौलिमा जीउने आधार तयार गर्न आफू लागिपर्ने उनले जनाए ।

मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलाडी र खेलकुदको क्षेत्रमा उम्मेदवारबाट प्रतिवद्धता लिन कार्यक्रम आयोजना गरेको बताए । एमाले सरकारका पाला देशका खेलकुद गतिविधि र पूर्वाधार निर्माणमा देखिनेगरी काम गरेकाले अब खेलाडीको सुरक्षा र सम्मानका लागि काम गर्न प्रतिवद्ध बनाउन लागेको बताए ।

कार्यक्रममा क्रिकेटका अन्तराष्ट्रिय खेलाडी शक्ति गौचनले देशका लागि खेल्ने खेलाडीलाई सुरक्षीत र सम्मानीत भएर बांच्ने वातावरण बनाउन काम गर्न आग्रह गरे । एकेडेमीका सचिव डा. शक्ति बस्नेतले खेल र स्वास्थ्य दुवै क्षेत्रमा राजनीतिक दलहरुले काम गर्न आवश्यक रहेको बताए । एकेडेमीका केन्द्रीय सदस्य डा. प्रकाश पौडेलले खेलाडीहरुका लागि छुट्टै अस्पतालको व्यवस्था गरिदिन माग गरे । अन्तराष्ट्रिय पूर्व खेलाडी तथा प्रशिक्षक तुलबहादुर थापाले खेलाडीले आफ्नो जीवन कसरी चलाउने भन्ने चिन्ता नमानी खेल्ने वातावरण बनाइदिन माग गरे ।

प्रतिक्रिया दिनुहोस्