गठबन्धन एजेण्डा र लक्ष्यविहीन छ चुनावपछि फुट्छ : टोपबहादुर


appharu

२१ कार्तिक २०७९, सोमबार ०९:४३ मा प्रकाशित

पालिकापत्र,अर्घाखांची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सत्ता गठबन्धन एजेण्डाविहीन भएको बताएका छन् ।
सोमबार अर्घाखांचीको सन्धिखर्कमा पत्रकारहरुसंग कुराकानी गर्दै नेता रायमाझीले उनीहरु एजेण्डाविहीन, लक्ष्यविहीन ककटेल जस्तो भएको बताए ।
सत्ता गठबन्धनले नागरिकता विधेयक, एमसीसी, एसपीपी लगायतका मुद्दामा राष्ट्रियताको हितविपरितका काम गरेकाले जनमत एमालेको पक्षमा रहेको उनले दावी गरे ।
‘पावर शेयरिङ’का कुरामा गठबन्धनभित्रका दलहरुमा समस्या रहेकाले चुनावपछि गठबन्धन टुक्राटुक्रा हुने दावी गरे ।
चुनावपछि गठबन्धन मात्र नभई गठबन्धनमा रहेका पार्टी पनि टुक्रा टुक्रा हुने रायमाझीले बताए ।
चुनावपछि देशको राजनीतिक ध्रुकिरण दुई दलीयतिर जाने रायमाझीले बताए । ‘चुनावपछि सत्ता गठबन्धानमा रहेका दलहरु कोही एमालेतिर लाग्छन्,कोही कांग्रेसतिर लाग्छन्’–रायमाझीले भने–‘विश्वकै राजनीति टु पार्टी सिस्टममा जान्छ ।’
मंसिर ४ मा हुन गइरहेको चुनावबाट नेकपा एमालेकै वहुमत आउने रायमाझीको दावी छ । नेकपा एमालेसंग एक्लै लड्न नसकेर सत्तामा रहेका दलहरुले गठबन्धन गरेको भन्दै उनले विश्वमै प्रतिपक्षी दलविरुद्ध यस्तो गठबन्धन कहीं नभएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्