हरैया बसपार्कलाई आधुनिक र व्यवस्थित बनाउंछौं : एमाले


appharu

२४ कार्तिक २०७९, बिहीबार १६:१८ मा प्रकाशित

पालिकापत्र, कञ्चन । रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ३ स्थित हरैया बसपार्कलाई आधुनिक र व्यवस्थित बनाउने रुपन्देही ५ का एमाले उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा नेकपा एमालेले जारी गरेको प्रतिबद्धता पत्रमा हरैया बसपार्कको स्तरोन्नती गर्ने विषयलाई समेटिएको उम्मेदवारले बताएका छन् ।
बसपार्कलाई अत्याधुनिक सुविधा सम्पन्न र व्यवस्थित बनाइने एमालेको तर्फबाट क्षेत्र नं. ५ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले बताए । बसपार्क निर्माणले यस क्षेत्रको विकासमा टेवापुग्ने उनको भनाइ छ । उनले भने, ‘बसपार्कले शहरीकरण हुँदै गरेको यस क्षेत्रको विकासमा टेवापुर्याउने छ । यातायातका साधनको व्यवस्थापन हुने छ ।’
हरैयाबाट नियमित रुपमा बुटवल, भैरहवा, लुम्बिनी, पोखरा, काठमाडौ लगाएत मुख्य शहरहरूमा बस सञ्चालनमा छन् । यस क्षेत्रलाई व्यवस्थित तथा योजनावद्ध रूपमा विकास गर्नकालागि विस्तृत सडक गुरूयोजना समेत तयार गरिने एमाले उम्मेदवारहरुको भनाइ छ । कञ्चन गाउँपालिकाका पूर्व अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले आफ्नो कार्यकालमा सामान्य पूर्वाधार निर्माण गरी बसपार्क सञ्चालन गरिएको बताउँदै बसपार्कलाई आधुनिक बनाइनुपर्ने र त्यो काम एमालेबाट मात्र सम्भव रहेको बताए । बसपार्कको डिपिआर तयार गरिएको छ ।
आसन्न निर्वाचनमा एमालेले राजपा र राप्रपासँग तालमेल गरेर प्रतिनिधिसभा सदस्यमा बासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा भूमिश्वर ढकाल तथा रामचन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्