पालिकापत्र, तिलोत्तमा । रुपन्देहीका ११ वटा सहकारीहरु एक आपसमा मर्ज भएर स्थापना भएको सबैको बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा–५ मणिग्रामले एक वर्षमै उल्लेख्य प्रगति गरेको छ ।
सहकारीले आर्थिक वर्ष २०७७।७८ को तुलनामा ७ सय १० जना सदस्य बृद्धि गरेर ५ हजार ८४६ पु¥याएको छ भने शेयर पुंजी पनि एक वर्षमा ३१ लाख १९ हजार बृद्धि गरी ९ करोड ८८ लाख ६२ हजार ५ सय रुपैयां पु¥याएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३.२६ प्रतिशतले बढी हो ।
यस्तै कुल वचत ९ करोड १३ लाख ६६ हजार बृद्धि गरी ७९ करोड ८८ लाख ८५ हजार १०४ रुपैयां पु¥याएको सहकारीको प्रथम साधारण सभामा सहकारीका अध्यक्ष भरतराज भूसालले जानकारी गराए । वचतमा संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा १२.९१ प्रतिशत बृद्धि गरेको छ । यस्तै ऋण लगानी एक वर्षमा १६ करोड ५३ लाख ३ हजार १ सय ८९ रुपैयां गरी कूल ८२ करोड ८१ लाख ४७ हजार ८२० रुपैयां पु¥याएको छ ।
ऋण लगानीमा संस्थाले २४.९४ प्रतिशतले बृद्धि गरेको छ । संस्थाको वित्तिय सुरक्षा र दीगोपनामा महत्वपूर्ण पाटो मानिने गत आवको तुलनामा २५. ४१ प्रतिशतले बृद्धि गरी एक करोड ८८ लाख ९७ हजार पु¥याएको छ । अन्य कोषमा पनि सहकारीले ४६.०१ प्रतिशतले उल्लेख्य प्रगति गर्दै एक करोड ७३ लाख ८९ हजार ६२७ रुपैयां पु¥याएको अध्यक्ष भुसालले जानकारी दिए ।
संस्थाले एक वर्षमा कुल सञ्चालन मुनाफा १३३.७१ प्रतिशतले बृद्धि गरी १० करोड ५३ लाख ७४ हजार १८२ रुपैयां मुनाफा आर्जन गरेको छ भने खुद सञ्चालन आम्दानी १५४.६५ प्रतिशतले बृद्धि गरी ८ करोड ९३ लाख ६४ हजार १३१ रुपैयां पु¥याएको छ । संस्थाको कुल वार्षिक वासलात एक वर्षमा १४ करोड ५१ लाख १७ हजार १६५ रुपैयां थप गरी ९८ करोड ९५ लाख ८१ हजार ५८१ रुपैयां पु¥याउंदा कुल सञ्चालन खर्च पनि १३०.३२ प्रतिशतले बृद्धि भई ३ करोड ८८ लाख बाट ८ करोड ९३ लाख ६४ हजार १३१ रुपैयां पुगेको कोषाध्यक्ष मिरा बस्याल पाण्डेय शमाले जानकारी गराइन् ।
‘११ वटा संस्था मर्ज भएर एउटै भएपछि एक वर्षको अवधिमा संस्थाले गरेको प्रगति उल्लेख्य र राम्रो छ,चालु आर्थिक वर्षमा झनै प्रगति हुने विश्वास छ’–सहकारीका अध्यक्ष भुसालले भने–‘मर्जपछि संस्था बलियो भएपछि सदस्य थपिने क्रम र वित्तिय कारोबारको अवस्था उत्साहजनक छ ।’
संस्थाले आर्थिक बर्ष २०८३÷८४ का लागि पाँच बर्षिय रणनीतिक व्यवसायीक योजना सार्वजनिक गर्दै हाल करिब ६ हजारको संख्यामा रहेका सहकारी सदस्य आगामी ५ वर्षमा १२ हजार तथा ३ अर्वको कुल पुँजी बनाउने, शेयर पुँजी ३६ करोड पु¥याउने , बचत रकम २ अर्ब ३९ करोड ६६ लाख ५५ हजार ३ सय १२ र कुल ऋण लगानी २ अर्व ४३ करोड ९० लाख ५ हजार ७९ पु¥याउने लक्ष्य लिएको सचिव देवानन्द पाण्डेले बताए ।
हाल तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरापलिका, सिद्धार्थनगरपालिका, आमसतिया गाउँपालिका कार्यक्षेत्र रहेको सहकारीको ५ हजार ८ सय ६४ जना शेयर सदस्य रहेका छन् । हाल ८ वटा सेवा केन्द्र रहेका सहकारीले आगामी ५ बर्षमा १२ स्थानमा सेवा केन्द्र सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
सहकारीका व्यवस्थापक हरिहर पौडेलले ‘व्यवस्थित सहकारी स्तरीय सेवा’ ध्येय अंगिकार गरेको सहकारीमा पर्याप्त तरलता (करिब १५ करोड) रहेको,जगेडा कोष र अन्य कोष पनि पर्याप्त रहेकाले संस्थाले सबैको विश्वास आर्जन गर्न सफल भएको बताए ।
साधारण सभामा राष्ट्रिय सभा सदस्य तथा सहकारीका सल्लाहकार गोपालप्रसाद भट्राई, सल्लाहकार कृष्ण अर्याल,लुम्बिनी विशिष्टीकृत सहकारीका राजेन्द्र सुवेदी, राष्ट्रिय सहकारी बैंक ड्राईभरटोल शाखा प्रबन्धक यशोदा पौडेल, सहकारीका उपाध्यक्ष चुरामणि पाण्डेय, शेयर सदस्यहरु राजकुमार पाण्डे, सिता चापागाईं, डा. मुरारी पराजुली,लेखा सुपरिवेक्षण समितिका संयोजक हरि प्रसाद न्यौपानेले सहकारीको मूल्य मान्यतामा टेकेर अघि बढेकाले सहकारीले छोटो समयमै राम्रो प्रगति गरेकामा सराहना गरे ।
वक्ताहरुले संस्थालाई गलत बाटोमा जान नदिन शेयर सदस्यहरुले संस्थाको बारेमा निरन्तर चासो र निगरानी राख्नुपर्नेमा जोड दिए ।