प्रजातन्त्र दिवसः कपिलवस्तु कारागारका १० कैदी रिहा


पालिका पत्र

७ फाल्गुन २०७९, आईतवार १५:१३ मा प्रकाशित

कपिलवस्तु, ०७ फागुन । ७३ औ प्रतातन्त्र दिवसका अवसरमा आईतवार कपिलवस्तु कारागारका १० कैदीहरुलाई रिहा गरिएको छ । राम्रो चालचलन भएका कैदीहरुलाई रिहा गरिएको हो । कारागारले कारागार बिभागमा र बिभागले मन्त्री परिषदमा लगेर राष्ट्रपति बिद्या देबी भन्डारीले कपिलवस्तुका १० सहीत मुलुकभरका कारागारबाट ३ सय ८१ जनालाई रिहा गरेकी हुन ।

उनीहरुले भु्क्तान गर्न बाकी रहेको कैद सजाय मिनाहा पाएका हुन । बिभिन्न मुद्दामा अदालतद्धारा तोकिएको ५० प्रतिशत सजाय भुक्तान गरेका कैदीहरुलाई कारागार वस्थापन बिभागको आदेशमा उनीहरुलाई छाडिएको कारागारका जेलर मनोज सैनीले बताए । कारागारले ५० प्रतिशत सजाय भुक्तान गरेका १२ सिफारिस गरेर पठाइएकोमा १० जना रिहा भएको जेल सैनीले बताए ।

रिहाईकालागि कैदीको चालचलन कैद भुक्तान अवधिलाई आधार बनाईएको थियो । रिहा भएकाहरु मध्ये ५ जना कपिलवस्तुका रुपन्देहीका ३ जना र चितवन र कैलालीका एक एक जना रहेको जेलर सैनीले बताए । कत्तब्र्य ज्यानका ४ सवारी ज्यान एक र हातहतियार तथा खरखजाना मुद्दाका एक जना रिहा भएका हुन ।

रिहा भएका कैदी बन्दीलाई कारागार भित्र रहेका अन्य कैदी बन्दीहरुले बिदाई गरेका थिए । रिहाई हुने कैदीहरुलाई स्वागत गरी घरमा लैजान कारागार परिसरमा आफन्तहरुको भीड लागेको थियो । कैदीको अवधि बाकी छदै रिहा भएका कैदीहरु निकै खुशी देखिन्थे ।

पुराना तीता अनुभवहरु सबै बिर्सेर नया जीवन बिताउने योजनामा रहेको रिहा भएकाहरुले बताए रिहा हुने हामी सबैले पुराना कुराहरुलाई बिर्सर नया सुरुवात गर्नु पर्छ उनीहरुले भने । आफुहरुले देश समाज र परिवारकालागि सहीढंगले काम गर्नु पर्ने उनीहरको भनाई थियो ।

जेलर सैनीले समेत रिहा हुने कैदीहरुलाई टिका लगाएर बिदा गरेका थिए । उनले आउने दिनहरुमा असल नागरिक भई काम गर्न आग्रह गरेका थिए । अनुशासित कैदी रिहा भएकोमा आफुलाई पनि संतुष्टी मिलेको जेलर सैनीले बताए ।

कारागारको २ ब्लकमा अहिले ४ सय ६८ जना कैदी बन्दी छन । राष्ट्रपति भण्डारीले विभिन्न अदालतबाट भएका कैद सजाय संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवस २०७९ का उपलक्ष्यमा आम माफी गरिदिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्