वनको नितिका कारण छाडा चौपायाँ र फोहोर व्यवस्थापनमा कठिनाईः मेयर अर्याल


पालिका पत्र

१० फाल्गुन २०७९, बुधबार १७:२४ मा प्रकाशित

कपिलवस्तु, १० फागुन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले वनको नितिका कारण छाडा चौपायाँ र फोहोर व्यवस्थापनमा कठिनाइ भएको बताउनु भएको छ । बुधवार बाणगंगा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै मेयर अर्यालले यस्तो बताउनु भएको हो । उहाँले वनका नियम कानुन र नितिले गर्दा गर्न थालिएका काम पनि अस्तव्यस्त भएको बताउनु भएको छ । उहाँले वनले पालिकाहरुलाई पिडा थपेको बताउनु भएको छ । मेयर अर्यालले भन्नुभयो “स्थानिय सरकार भन्दा माथि कस्तो खालको यो बन निति हो ।”


उहाँले यस्ता नितिका कारण आफुहरु स्पिडमा काम गर्न बाट अल्झीनु परेकाले हालको उपलब्धिबाट आफु स्वयम् सन्तुष्ट नरहेको बताउनु भयो । आफुहरुले उपलब्धि देखिने गरि सक्रियता देखाए पनि विभिन्न कानुनी जटिलता, स्रोत साधनको अभाव लगायतका कारणले काम गर्न असहज भएको उहाँको भनाई छ ।


सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदैं उहाँले भन्नुभयो “हामी नै हाम्रा काम कारबाही तथा हालको उपलब्धिबाट सन्तुष्ट छैनौं ।” ‘नगरबासी हुने त कुरै भएन ।’ फोहोरमैला व्यवस्थापन, छाडा पशुचौपयाको व्यवस्थापन जस्ता समस्याको समाधानका लागी आफु निरन्तर रुपमा गम्भिर भएर लागेको उहाँको दाबी छ ।


अहिले युवाहरुको ठूलो पंक्ति लागु पदार्थ दुव्र्यशनीमा फसेकोमा चिन्ता व्यक्त गर्दै मेयर अर्यालले भन्नु भयो “यसको नियन्त्रण गर्न नगरपालिकाले ठूलो बजेट विनियोजन गरि विभिन्न कार्यक्रम गरेको छ ।” यसप्रति नगरपालिका गम्भिर भएर लागेको छ । उहाँले लागु पदार्थ बेचविखनकर्ताको बिगबिगीलाई कम गर्न स्थानीय सरकार र सरोकारवाला सबै निकाय एकतावद्ध भएर मात्र लागु पदार्थ दुव्र्यशनी नियन्त्रण गर्न सकिने बताउनु भयो ।


हालै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको प्रतिवेदनमा बाणगंगा नगरपालिकाको ५५.४७ प्रतिशत मात्र अंक देखिएकोमा उनले आपत्ती समेत जनाउनु भयो । केही दिन अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीसंगको भेटमा बाणगंगा नगरपालिकाकाले ८२.५ प्रतिशत अंक ल्याएको भन्दै उनीहरुले बधाई दिएको मेयर अर्यालले सुनाउनु भयो । उहाँले यस सम्बन्धमा थप खोज गरि पुष्टि गरिने बताउनु भयो ।
केही दिन अघि मात्र जिल्लाको महाराजगंजले ६८ दशमलव ६७ अंक प्राप्त गरी कपिलवस्तुका १० पालिकामध्ये उत्कृष्ट भएको राष्ट्रि प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको थियो ।


कार्यक्रममा उपमेयर रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल लगायतले सम्बोधन गर्नु भएको थियो । उक्त कार्यक्रम नगरपालिकाको आयोजना र पत्रकार महासंघ कपिलवस्तुको सहजीकरणमा कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा सम्पन्न भएको हो । पत्रकार महासंघका कोषाध्यक्ष मोहन बेल्बासेको संचालन रहेको कार्यक्रममा करिब ८० जना सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्