सांसद विनोद चौधरीको सक्रियतामा बर्दघाटमा औद्योगिक ग्राम निर्माण हुंदै


appharu

१५ फाल्गुन २०७९, सोमबार १०:४९ मा प्रकाशित

पालिकापत्र, बर्दघाट । सांसद विनोद चौधरीको सक्रियतामा पश्चिम नवलपरासीमा पहिलो औद्योगिक ग्राम निर्माण कार्य अगाडि बढेको छ । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले औद्योगिक ग्राम निर्माण कार्यबारे चासो राखेर सक्रियता देखाएपछि बर्दघाट नगरपालिकाले खजुरा खोला किनारमा बनाउन खोजेको औ
द्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन डिपिआरको काम अन्तिम चरणमा पुगेको छ ।
उद्योगपति समेत रहेका नेपाली कांग्रेसका केन्द्री
य सदस्य चौधरीले औद्योगिक ग्राम निर्माण कार्यलाई तीब्रता दिन पहल गरेका हुन् । ‘माननीय ज्यूको पहलमा अहिले नगरपालिकासँगको सहकार्यमा प्राविधक टोलीले निर्माण स्थलमा पुगेर आवश्यक सहजीकरण गर्ने काम भएको छ’–बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले भने–‘प्राविधिक टोलीले अहिले यस अघि तयार गरिएको डिपिआरलाई थप परिमार्जन र व्यवस्थित गर्ने काम भइरहेको छ ।’ प्राविधिक टोली सांसद चौधरीले पठाएका हुन् ।
सांसद चौधरीले नवलपरासी १ मा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेका थिए । चुनावी प्रतिवद्धता कार्यान्वयन गर्न औद्योगिक ग्राम निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको सांसद चौधरीले बताए ।
प्राविधिक टोलीका संयोजक एवंम् मेकानीकल ईन्जीनियर एमएस ज्ञवालीका अनुसार औद्योगिक ग्राममा उद्योग ग्राम स्थल र आवास स्थल आवश्यक पर्ने भएकोले विस्तृत सम्भाव्यता अध्ययन गरी नगरपालिका अघि बढ्नु पर्ने सुझाव दिएको बताए । यसैगरी लगानीकर्ताको अवस्थावारे सम्भाब्यता अध्ययन पश्चात साना देखी ठुला उद्योग सम्म स्थापना गर्न मिल्ने गरी परियोजना अघि बढाउनुपर्ने सुझाव दिएको टोली संयोजक ज्ञवालीको भनाई छ ।
यस अगावै औद्योगिक ग्रामका लागि डिपिआर बनाउने कार्य सकिएको भएपनि उक्त डिपिआरलाई थप परिष्कृत गर्ने कार्य सहित अन्य प्राविधक व्यवस्थापन कार्यमा सांसद चौधरीले सहयोग गरेका हुन् ।
‘नगरपालिकाले संरचना बनाएर पूर्वाधार उपलब्ध गराउन नगरपालिका स्रोतको खोजीमा रहेको नगर प्रमुख श्रेष्ठले बताए । पूर्वाधार बनाउने तर उद्योग सञ्चालन नहुने हो भने नगरपालिकाको लगानी खेर जान सक्छ,त्यो भएर यस क्षेत्रमा उद्योग सञ्चालकरूलाई पनि अहिले देखि नै आह्वान गर्ने कार्य भईरहेको प्रमुख श्रेष्ठले बताए । पचास वर्षको लक्ष्य राखेर औद्योगिक ग्रामको काम भईरहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।
डिपिआर अनुसार औद्योगिक ग्राम पूर्वाधार निर्माणका लागि ३१ करोड ५७ लाख ८४ हजार १ सय ४६ रुपियाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये प्रशासनिक ब्लकमा ५ करोड ८० लाख ३४ हजार ३ सय ८० रुपियाँ, क्यान्टिनका लागि ५८ लाख ९० हजार ६ सय ४ रुपियाँ, सुरक्षागार्ड भवन १४ लाख ६८ हजार ४ सय ६२, प्रहरी क्वाटर ३१ लाख ४६ हजार २ सय २२, डे केयर सेन्टर ४३ लाख ४८ हजार ८ सय ६७ रुपैयाँ खर्च हुने डिपिआरमा उल्लेख छ ।
त्यस्तै गन्जेबोमा २ लाख ४७ हजार ८ सय २६, चार वटा शौचालयका लागि १६ लाख ७२ हजार ३ सय ८३, गार्ड पोष्टमा १ लाख ४५ हजार ४ सय ९१, प्रवेश द्धार ६ लाख २९ हजार ९ सय ४९, बाउण्डरी वाल ३ करोड ७३ लाख ९१ हजार २ सय ३३, सडक २ करोड ३२ लाख ८१ हजार २ सय ४० खर्च हुनेछ ।
खोला तटबन्धका लागि ४ करोड १२ लाख ६३ हजार ६ सय ९९, सौन्दर्यीकरणका लागि १५ लाख १० हजार ७ सय ६३, ढल २ करोड ३० लाख ४३ हजार २३, बाहिरी सरसफाइ,प्लम्बिङ, पानी आपुर्तिमा १ करोड ३१ लाख ५२ हजार ३५, विद्युतीकरण कार्य १ करोड ३५ लाख ७२ हजार १ सय ७५ र ओभरहेड पानीटंकीमा ४९ लाख २९ हजार १ सय १६ रुपैयाँखर्च हुने गरी बजेट प्रस्ताव गरिएको छ ।
डिपिआर अनुसारका कार्य गर्नका लागि बजेटको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले सबै संरचनाको निर्माण प्रश्चात प्रत्येक बर्ष सो औद्योगिक ग्राममा कृषक, उद्यमी, महिला तथा अन्य उद्योगका लागि उद्योग बाणिज्य संघसँग समन्वय गरि उद्योगको स्थापना गर्न प्रोत्साहनगरिने जनाएको छ । ५० बर्षमा सो क्षेत्रमा एक खर्ब भन्दा बढि लगानी भित्रयाउने लक्ष्य समेत औद्योगिक ग्रामको रहेको छ ।
दीर्घकालीन योजना अनुसार औद्योगिक ग्राम निर्माण कार्य अगाडि बढेको नगरपालिकाले जनाएको छ । लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेश प्रवेश गर्ने मुख्य नाका रहेको बर्दघाट नगरपालिकालाई व्यवस्थित र औद्योगिक क्षेत्रका रुपमा विकास गर्न खोजिएको नगरपालिकाको दावी छ । औद्योगिक ग्रामलाई पहाडको छेउमा राखिएको छ । प्रदुषणलाई मध्यनजर राखेर बस्तिदेखि टाढा राखिएको छ । हालै खजुरा खोला पुलको टेण्डरसमेत भईसकेको हुँदा औद्योगिक ग्रामसँग जोडिएको बरुवा—बर्दघाट सडक हुँदै भारतकोविहार प्रदेशको भैसालोटन नाकासँग प्रत्यक्ष रुपमा यो औद्योगिक क्षेत्र जोडिने छ ।

प्रतिक्रिया दिनुहोस्