प्रहरीको सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो : महानिरीक्षक कुँवर


पालिका पत्र

१२ चैत्र २०७९, आईतवार १७:०४ मा प्रकाशित

१२ चैत, काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो प्राथमिकता भएको बताएका छन् । आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएपछि उनले प्रहरीमा सुधार आवश्यक रहेकोमा जोड दिए । ‘प्रहरीको आन्तरिक सदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो । यसबाट म किञ्चित पनि डगमगाउने छैन,’ कुँवरले भने ।

प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नभएको पनि उनले बताए । ‘प्रहरी कस्तो छ भन्ने कुरा लुकाउनुपर्ने आवश्यक्ता छैन, यी पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने पक्षमा म छैन । प्रहरीमा सुधार आवश्यक छ,’ उनले भने, ‘अब त्यसको लागि दिन गरेर बस्ने छुट छैन ।’ कसैले मार्ग बिराएको भए तिनीहरुलाई सुधार्नुको विकल्प आफूमा नभएको पनि उनले बताए ।

अपराधको रोकथाम, अनुसन्धानका साथै नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय तथा सहकार्य गर्दै देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाउन आफू क्रियाशील रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्