राईड सेयरिङ ‘ट्याव गो’ले दिन थाल्यो घरमै ट्याक्सी सेवा

बुटवल, भैरहवा र कपिलवस्तुबाट सेवा लिन सकिने


पालिका पत्र

४ बैशाख २०८०, सोमबार १२:२१ मा प्रकाशित

कपिलवस्तु, ०४ वैशाख ।
लुम्बिनी प्रदेशका केहि स्थानमा राईड सेयरिङ सेवा ‘ट्याव गो’ सुरु भएको छ । राईड सेयरिङ सेवा ‘ट्याव गो’ अर्थात अनलाईन ट्याक्सी बुकिङ्ग सेवालाई बुझिन्छ । उक्त कम्पनिले घरबाटै ट्याक्सी सेवा लिन सक्ने जनाएको छ । कम्पनिले बुटवल, भैरहवा, कपिलवस्तुका स्थानमा घरबाटै राईड सेयरिङ सेवा ‘ट्याव गो’ को सेवा लिन सक्ने जनाएको छ । काठमाडौंमा प्रधान कार्यालय रहेको ट्याव गो सोलुसन प्रा।लि नेपालले लुम्बिनी प्रदेशका केहि स्थानका क्षेत्रमा राईड सेयरिङ सेवा सञ्चालन गरेको हो ।

यता कम्पनिका सञ्चालक समिति अध्यक्ष अर्जुन तिवारीले अहिलेको अवस्थामा बुटवल देखि ८० किलोमिटर वरिपरी सम्मको सेवा सुरु भएको बताए । उनले अहिले कम्पनीले टेक्निकल काम गरिरहेको छ भने ट्याक्सी दर्ताको काम भइरहेको जानकरी दिए । उनले भने “ यात्रुहरुलाई सर्वसुलभ मुल्यमा सुरक्षित यात्रा गराउने उद्देश्यले राईड सेयरिङ सेवा ‘ट्याव गो’ सुरु गरिएको हो ।” ‘एप्लिकेशनमा हेरेर आफुलाई चित्त बुझेमा सेवा लिन सकिने भएकाले सेवाग्राही ठगिने सम्भावना रहदैन ।’ अध्यक्ष तिवारीले अहिले सम्म ४० वटा ट्याक्सी दर्ता भएको जानकारी प्रेसपाटीलाई गराए । आगामि दिनमा लुम्बिनी प्रदेशका सबै जिल्लामा सेवा विस्तार गरिने उनको भनाई छ ।

अर्का संचालक रहेका कपिलवस्तुका सोमनाथ अर्यालले यो सेवा बुटवल, भैरहवा बर्दघाट, कपिलबस्तुको ४ नं।, चन्द्रौटा क्षेत्रमा विस्तार भएको बताए । उनले मोबाईलमा ‘ट्याव गो’ एप डाउनलोड गरेपछि सर्वसाधारणले मोटरसाईकल, अटो र ट्याक्सी लाई आफूले चाहेको ठाउँमा बोलाउन सक्ने र सेवा प्रप्त गर्न सक्ने जानकारी दिए । कम्पनीले यात्रु र चालकको विमा समेत गरेको छ । हाल एन्वएड मात्र सार्वजनिक भएको ‘ट्याव गो’ एप केही दिनमै एप स्टोरमा उपलब्ध हुने अर्यालले जानाकारी दिए ।

बुटवल र भैरहवा र कपिलवस्तुका मुख्य बजारबाट जिल्ला भित्रका जुनसुकै स्थानबाट आफूलाई जानुपर्ने गन्तब्य उल्लेख गरेर आग्रह गरिएपछि नजिकैको ट्याक्सी, मोटरसाईकल तथा अटो यात्रु सामु आईपुग्छ । ट्याव गो सोलुसन प्रा।लि नेपालले आफ्नो यात्रुहरुको सुरक्षा र उनीहरुको सामानको सुरक्षालाई विशेष ध्यान दिइने जनाएको छ । ट्याक्सी चालकको सबै विवरण कम्पनीसँग हुने छ । यात्रु कुनै पनि सवारीमा चढेपछि मात्रै बिल चढ्न सुरु हुने कम्पनीले जनाएको छ ।

हाल ट्याक्सी, अटो र मोटरसाईकल बाट यो सेवा दिने कम्पनीले जनाएको छ । ट्याक्सीका लागि प्रति किलोमिटर ५५ रुपैयाँ मुल्य तोकिएको छ भने अटोका लागि प्रतिकिलोमिटर ३२ र मोटरसाईकलका लागि प्रति किलोमिटर १८ रुपैया निर्धारण गरिएको कम्पनिको भनाई छ । ट्याक्सी र अटो कालो नंं प्लेट भएका प्रा.लिमा आबद्ध भएका छन भने मोटरसाईकल नीजि आबद्ध हुनेछन् । मोटरसाईकलका लागि आवेदन प्राप्त भइरहेको आवश्यकता अनुसार छनोट गरिने कम्पनीका कम्पनिले जनएको छ । बुटवल, भैरहवा क्षेत्रका लागि पहिलो चरणमा करिब तीन सय ट्याक्सी मार्फत सेवा दिन लागिएको हो । त्यस्तै अटो १५० र मोटरसाईकल २ सय वटा बाट सेवा दिईने दावी कम्पनिले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्