लालपूर्जा फुकुवा भएपछि सुनवलवासीहरु खुशी

१२ वर्षपछि जग्गा फुकुवा कसरी भयो ?


पालिका पत्र

४ बैशाख २०८०, सोमबार १३:४३ मा प्रकाशित

सुनवल । लामो समयदेखि रोक्का भएको जग्गा फुकुवा भएपछि पश्चिम नवलपरासी सुनवलका स्थानीयवासीहरु खुशी भएका छन् ।

२०६७ सालमा जग्गा लालपूर्जा प्राप्त गरे पनि अख्तियारमा मुद्दा परेसँगै जग्गा रोक्का भएको थियो । रोक्का भएको लालपूर्जा फुकुवा भएपछि स्थानीयवासीहरु खुशी भएका हुन् । १२ वर्षपछि जग्गा फुकुवा हुदाँ आफूहरु खुशी भएको भन्दै राष्ट्रिय भूमि अयोग जिल्ला समितिले राम्रो काम गरेको स्थानीयहरुले बताएका छन् ।

विभिन्न समयमा राजनैतिक दलका नेताले आ-आफ्नो एजेण्डा बनाउनकै लागि विभिन्न कालखण्डका आयोगहरुलाई दोष दिएको स्थानीयवासीको बुझाइ छ । राष्ट्रिय भूूमि अयोग जिल्ला समितिका अध्यक्ष देवराज भण्डारीले आफूहरु आयोगमा आएको दुई महिनाभित्रै काम टुङिग्याएको बताए।

पटक-पटक जग्गा फुकुवा भयो भनेर झुक्किएका स्थानीयहरु सुरुमा जग्गा फुकुवा भयो भन्दा नपत्याएको र उनले पछि मालपोतबाट जग्गाको काम भएपछि मात्र स्थानीयहरुले विश्वास गरेको अध्यक्ष भण्डारीले बताए ।

पश्चिम नवलपरासीमा पटक-पटक बनेका भूमि सम्बन्धि आयोगले विगतमा जग्गा नापजाँच लगायतका कार्यहरु गरेपनि पूर्णता भने दिन सकेका थिएनन् । पछिल्लो पटक बनेको राष्ट्रिय भूमि आयोगले भने सुनवलसहित जिल्लाभर करिब ११ सय लालपूर्जा फुकुवा गरेको छ ।

त्यस्तै, नयाँ जग्गा नापजाँच र यहि वैशाख महिनाको पहिलो हप्तादेखि राजस्व संकलन गर्ने र लालपूर्जा वितरण गर्ने राष्ट्रिय भूमि अयोग जिल्ला समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्