कपिलवस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय


पालिका पत्र

१५ बैशाख २०८०, शुक्रबार ११:५० मा प्रकाशित

तौलिहवा । ९६ अंकका साथ मुलुक मै उत्कृष्ट बनेको कपिलस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय गरिएको छ। गत बैशाख ८ गते बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदको निर्णयले सो निर्णय गरेको हो।

कपिलवस्तु अस्पताललाई सय बेड बनाउने निर्णय गरिएको लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री बिष्णु पन्थीले बताए । सबैको अथक प्रयासले अब कपिलवस्तु अस्पतालमा सेवा बिस्तार गर्न बाटो खुलेको उनले बताए। ‘कपिलवस्तुवासीकै लागी खुशीको कुरा छ ’ उनले भने । २०२९ सालमा १५ बेडको अस्पतालको शुभारम्भ गएिको थियो । २०७६ सालमा कपिलवस्तु अस्पताल ५० बेडको बनेको थियो।

कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले अथक प्रयासले बल्ल सार्थकता पाएको बताए । सय बेडको निर्णय गर्नुअघि प्रदेश सरकारले अस्पतालको २ पटक स्थलत निरीक्षण र अनुमगन गरी प्रतिबेदन बुझाएको थियो ।

५० बेडको भए पनि ७० भन्दा बढी बेडमा सेवा दिईदै आएको बन्जाडेले बताए । स्वास्थ्यकर्मी र कर्मचारी गरी १ सय ३८ जनाले काम गरेको अस्पतालमा अब दुई सय बढीले काम गर्नेछन् । ४ भेन्टीलेर सहीत १० आईसियु बेड सहीतका कक्षा संचालित छन् । सिटी स्केन र डार्ईग्नोपसिस सेवा समेत बिस्तार गर्ने अस्पतालको योजना छ ।

डार्ईग्नोपसिस सेवा केही दिनमै सुरु हुने बन्जाडेले बताए । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले अस्पताल सय बेडको हुने निर्णयले आफुलाई निकै खुशी लागेको बताए । ‘ जिल्लाबासी कै लागि यो खुशीको कुरा हो’ उनले भने । उनले अस्पतालको विकासमा आफनो सदा साथ प्रतिबद्धता ब्यक्त गरे ।

उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रर्लाइ प्राथमिकतामा राखेको र नगर क्षेत्र भित्र रहेकोलाई स्वास्थ्य बिमामा आधा रकम नगर पालिकाले ब्यहोर्ने गरी निर्णय गरिएको बताए । उनले अस्पतालको विकास र स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आफुले सक्दो कोसिश गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्