बुटवलको अक्सफोर्ड बोर्डिङमा ‘बनौं संस्कारी’ पाठ्यक्रम लागु


१६ बैशाख २०८०, शनिबार ०७:३८ मा प्रकाशित

पालिकापत्र,बुटवल । विद्यार्थीलाई संस्कारयुक्त बनाउन बुटवलको अक्सफोर्ड माविले ‘बनौं संस्कारी’ पाठ्यक्रम लागु गरेको छ । उक्त पुस्तक डा. राजु अधिकारीले लेखेका हुन् ।
संस्कारयुक्त शिक्षालाई प्राथमिकता दिंदै अक्सफोर्ड माविले यस विषयमा दुई दिने अभिभावक अभिमुखीकरण कार्यक्रम समेत गरेको छ । अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रशिक्षक डा. राजु अधिकारीले कलिलो उमेरका नानीबाबुलाई पोषिलो खानेकुराको आवश्यकता परे जस्तै संस्कारयुक्त शिक्षाको आवश्यकता पनि उत्तिकै रहेको हुंदा अक्सफोर्डले थालेको कदमप्रति अभिभावकले साथ दिनु अपरिहार्य रहेको बताए ।
विद्यालयले कक्षा ७ र ८ का अभिभावकमाझ ‘बनौ संस्कारी’ पुस्तक समेत विमोचन गरेको गरेको छ ।
पुस्तकको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शुक्रबार विमोचन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले अहिलेको संस्कारसहितको शिक्षाको आवश्यकतालाई अक्सफोर्ड माविले अनुसरण गरेको बताउँदै प्रशंसा व्यक्त गरे । पाण्डेले बालबालिकालाई संस्कार सहितको शिक्षा आवश्यकता भएको बताउँदै त्यसको पूर्णता पुस्तकले दिने आशा व्यक्त गरे ।
विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यालयले शिक्षासँगै संस्कार जोड़ने अभियान सुरू गरेको भन्दै बनौ संस्कारी पुस्तक प्रकाशित गरेको बताए । प्राचार्य भुसालले नेपालको इतिहास संस्कार र संस्कारीका गाथाहरुले भरिएको हुँदा अक्सफोर्ड माविले संस्कार सहितको शिक्षण सुरू गर्न थालेको बताए ।

कार्यक्रममा अक्षरा स्कुल काठमाडौंका प्रिन्सिपल अन्जु भट्टराई र प्रशिक्षक डा। राजु अधिकारीले धेरैजसो विद्यालयले पाठ्यक्रमको पढाईलाई मात्रै प्राथमिकता दिंदा विद्यार्थीहरु संस्कारयुक्त हुन नसकेकाले अक्सफोर्डले राम्रो शुरुवात गरेको बताए ।
सो अवसरमा अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनी ,कलेजका अध्यक्ष अजित खनाल प्राध्यापक सुमन भुसाल, सहायक प्राचार्य चिरञ्जीवी सापकोटा लगायतले विद्यार्थीको सर्वाङगीण विकासमा अक्सफोर्डले कुनै सम्झौता नगर्ने बताए ।

कितावी ज्ञानले मात्रै बालबालिकाको शिक्षा पूर्ण नहुने र उनीहरुलाई लागि व्यावहारिक शिक्षा र संस्कार उत्तिकै अपरिहार्य रहेकाले संस्कारसहितको शिक्षाका लागि अभिभावकलाई अभिमुखीकरण गरिएको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिए । दुइदिने कार्यक्रममा २ हजार अभिभावकको सहभागिता रहेको बिद्यालयका शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्