मिटरब्याज पीडितका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा सहायता कक्ष


पालिका पत्र

१७ बैशाख २०८०, आईतवार ११:२४ मा प्रकाशित

कपिलवस्तु, १७ वैशाख । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शुक्रबारदेखि अनुचित लेनदेन (मिटरब्याज) बाट पीडितहरूको निवेदन सङ्कलनका लागि पीडित सहयता कक्ष सञ्चालनमा ल्याएको छ । मिटरब्याजबाट पीडितहरूले वैशाख १७ देखि ३१ गते सम्म आफूसँग भएको सबुद प्रमाणसहित सहयता कक्षमा आई निवेदन दिन प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताउनुभयो ।

मिटरब्याजबाट पीडित व्यक्तिहरूका लागि आवश्यक निवेदन कार्यालयमा निःशुल्क पाइने र निवेदनको फारम कार्यालयकै कर्मचारीले भरिदिने प्रजिअ आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि प्रशासन कार्यालय कपिलवस्तुमा दर्ता हुन आएका मिटरब्याज सम्बन्धी उजुरीका निवेदनहरू सोही मितिमा उपस्थित भई अनलाइनमा निवेदन दर्ता गर्नुपर्नेछ ।”

जिल्ला प्रशासन कार्यालयमा २० जनाले मिटरब्याजबाट पीडितहरूले उजुरी दर्ता गराएका छन् । जसमध्ये तीनवटा जिल्ला अदालतमा गइसकेको र २ वटाको मेलमिलाप भइसकेको प्रजिअ आचार्यले बताउनुभयो । साथै प्रशासन कार्यालय कपिलवस्तुले विद्युतीय राहदानीको अनलाइन फाराम कार्यालयबाट नै भर्दैआएको छ ।

प्रतिक्रिया दिनुहोस्