लागु औषध सहित बाणगंगा ओदारीका एक जना पक्राउ


पालिका पत्र

१७ बैशाख २०८०, आईतवार १७:२६ मा प्रकाशित


कपिलवस्तु, १७ वैशाख
कपिलवस्तुको बाणगंगा नगरपालिका ओदारीका नारायण बहादुर परियार ३ ग्राम लागु औषध सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय चाकरचौडा बाट खटिएको प्रहरी चेकिङ टोलीले उनलाई विहिवार पक्राउ गरेको हो । चाकरचौडा देखी ओदारी तर्फ जाँदै गरेको लु २ ख ९६० नंम्बरको हाईसलाई चेकजाच गर्दा लुकाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखीने खैरो गिलोपदार्थ सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाईसको चालक नारायण आफौ रहेको प्रहरीले बताएको छ । उनलाई थप अनुसन्धानका लागि हिरासतका राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्