कपिलवस्तु नगरपालिकामा अतिक्रमण गरि बनाइएका संरचनामा डोजर


पालिका पत्र

१७ बैशाख २०८०, आईतवार १७:३२ मा प्रकाशित


कपिलवस्तु, १७ वैशाख ।
कपिलवस्तु नगरपालिकामा अतिक्रमण गरि बनाइएका संरचनामा डोजर चलाईएको छ । नगरपालिकाले साना ठुला गरि १५ वटा अस्थायी स्थायी संरचना (घर, टहरा)मा डोजर चलाएको हो ।


नगरपालिकाको वडा न. ४ कोदौहा चोक वरिपरि सडकको छेउछाउमा बनार्ईएका संरचना आइतवार विहान हटाएको मेयर सुदिप पौडेलले जानकारी दिए । उनले कोदौहा चोक वरिपरि पटक पटक दुर्घटना बढ्दै गएको जनगुनासो आउन थालेपछि संरचना हटाईएको बताए । मेयर पौडेलले भने “हामिले जनतालाई पटक पटक आग्रह गर्दा पनि सुन्नु भएन डोजर चलाउन पर्ने अवस्था आयो ।” सडकमै अतिक्रमित जग्गामा बनाईएका घर टहराहरुका जनता नै दुर्घटनाको उच्च जोखिममा रहेकाले बाध्यात्मक परिस्थितीमा डोजर चलाईएको उनले बताए ।


मेयर पौडेलको अगुवाई, जिल्ला सुरक्षा समीतिको बिशेष पहल, हुलाकी सडक आयोजना र जिल्ला सिंचाई कार्यालयको रोहबरमा उक्त संरचनाहरु हटाइएको हो ।

प्रतिक्रिया दिनुहोस्