लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत


पालिका पत्र

१९ बैशाख २०८०, मंगलवार १४:३७ मा प्रकाशित

दाङ, १९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाउनुभएको छ । आज मङ्गलवार बसेको लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको दशौँ बैठकबाट मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउनुभएको हो ।

चौधरीले आठ दलका र एक स्वतन्त्र गरी ५३ सांसदको मत पाउनुभएको छ भने २९ मत उहाँको विपक्षमा परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार जना सासंद भने तटस्थ रहेका थिए ।

गएको वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका चौधरीले पाँच दिनपछि आज विश्वासको मत लिनुभएको हो । चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका चार, जनमत, जसपा र लोसपाका तीनरतीन, जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र एकरएक सांसदसहित ५३ जनाको समर्थन छ । प्रदेशमा ८७ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्