एमाले बाध्य भएर माओवादी केन्द्रको नितिमा आएको होः नेता खनाल

यद्यपि एमाले गणतन्त्र र संघीयताको पक्षमा छैन


पालिका पत्र

३० बैशाख २०८०, शनिबार १८:५५ मा प्रकाशित

दाङ, ३० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिब चक्रपाणि खनाल (बलदेव)ले संघीयताको सवालमा एमालेसंग लडाइँ पहिलेदेखि नै जारी रहेको बताएका छन । एमाले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षताको पक्षमा नरहेको बताउदै उनले बाध्य भएर एमाले माओवादी केन्द्रको नितिमा आएको दावी गरे।

जेष्ठ कम्युनिष्ट मंच र सल्लाहकार समितिको शनिवार देउखुरीमा आयोजित बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका नेता खनालले राजनीति परिवर्तनलाई संस्थागत गर्न पनि परिवर्तनकारी शक्ति जबर्जस्त अगाडि आउनुपर्ने बताए । भ्रष्टाचार अन्त्य माओवादी बाहेक अरुले गर्न नसक्ने दाबि गर्दै उनले भ्रष्टाचारको निर्मुल पार्न सबैको सहयोग आवस्यक रहेको औल्याए ।

सोहि कार्यक्रममा बोल्दै पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालले उत्पादन सम्बन्धले पारेको प्रभावमा पार्टीलाई कसरी स्थापित गर्ने भन्ने कुरा महत्त्वपूर्ण भएको बताए । उनले सरकार र जनप्रतिनिधिले गर्ने कामको जनताले पनि मुल्यांकन गरिरहेको बताउदै जनपक्षीय काम गर्न सुझाव दिए ।

सल्लाहकार समितिका अध्यक्ष नरबहादुर अधिकारीले पार्टीको निति कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन बौद्धिक वर्गको महत्त्वपूर्ण भुमिका हुने उल्लेख गर्दै सोहि अनुसार जनतामा जानु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्