बुद्धभूमीको गब्दहवामा भ्याकु चलाएर नदिजन्य पर्दाथको चरम दोहन, प्रशासन मौन

ठेकेदार कम्पनीले ठेक्का लागे देखि अनियन्त्रित दोहन गर्दै आएको स्थानीयको भनाई


पालिका पत्र

७ जेष्ठ २०८०, आईतवार २२:१३ मा प्रकाशित

फाईल तस्बीर

कपिलवस्तु ७ जेठ । कपिलबस्तुको बुद्धभुमि नगरपालिका ९ गब्दहवामा कानुन तहः सन्चालनमा प्रतिबन्द्ध लगाइएको भ्याकु मेसिन प्रयोग गरेर रातीको समयमा नदिजन्य पर्दाथको चरम दोहन गरिएको छ । कपिलबस्तुको जिल्ला समन्वय समिती, जिल्ला प्रशासन, जिल्ला प्रहरी लगाएतको मौनताका कारण खुलेयाम प्राकृतीक स्रोत साधानको ब्रम्हलुट भएको बुद्धभुमिका स्थानीय बासिन्दा गोर्कण पोख्रेलले बताउनुभयो । एक्साभेटर नै चलाएर नदिजन्य पर्दाथ निकाल्दा नदिमा ५ मिटर गहिराई, ७२ मिटर लम्बाई र १३ मिटर चौडाइ खाडल नै भएको छ । पटक पटक सरोकारवाला निकालयलाई अनुगमनका लागि अनुरोध गर्दा समेत कुनै सुनुवाई नभएको पोख्रेलको भनाई छ ।

कुमार के.सी प्रोप्राईटर रहेको पधदिप कन्सट्रक्सन बाग्लुङले नदिको ठेक्का लिएको छ । ठेकेदार कम्पनीले ठेक्का लागे देखि अनियन्त्रित दोहन गर्दै आएको स्थानीयको भनाई छ । अनियन्त्रीत नदी दोहने नदिमा ठुला ठुला खाल्टा खुल्टी समेत बनेका छन । खोलामा अनियन्त्रित रुपमा नदिजन्य पदार्थ निकासा गरेकोले आवश्यक अनुगमन र कारबाहीको प्रकृया अघि बढाउन स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्