देशमै पहिलो गुल्मीदरबार पूर्ण पोषणमैत्री पालिका घोषणा


पालिका पत्र

८ जेष्ठ २०८०, सोमबार ०९:१५ मा प्रकाशित

गुल्मी, ०८ जेठ । नेपालमा पहिलो गुल्मीको गुल्मीदरबार गाउँपालिकाका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको छ । गुल्मीदरबार गाउँपालिकाका सात वटै वडामा रहेका स्वास्थ्य संस्थालाइ पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।
कार्यक्रमका लुम्बिनी प्रदेश साम्सद धनेन्द्र कार्कीलेएक कार्यक्रमका विच नेपाल मै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरेका हुन । कार्कीले कार्यक्रममा बोल्दै यस घोषणालाइ दिगो बनाइराख्न र पोषणमैत्रि स्थानिय सासन संचालन तर्फ उन्मुख गाउपालिकालाइ गराउन आफ्नो तर्फबाट सदैव सहयोग रहने बताए ।


पोषणमैत्री स्थानीय तह घोषणाको लागि गाउँपालिकाको स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्न आवश्यक १६ वटा सुचक तथा मापदण्डहरु पुरा गर्न हालसम्म भएगरेका गतिविधिहरुको श्रव्य दृश्य सामाग्रि भिडियो डकुमेन्टरी प्रस्तुत गरिएको थियो ।
गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक सुचक तथा मापदणडहरु पुरा भएकोले पुर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष तथा पालिका स्तरमा पोषण सम्वन्धि गुणस्तर सुधार कार्यसमितिका अध्यक्ष सरोज कुमार थापाले जानकारी दिए ।


२०७६ साल फागुनमा गुल्मीदरबार गाउँपालिकाका संस्थापक अध्यक्ष स्वर्गिय अशोक कुमार थापाको अध्यक्षतामा पालिकास्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक बसी १७ बुँदे प्रतिबद्धता जारी गरी पोषण तथा स्वास्थ्यको क्षेत्रमा थप नविनतम क्रियाकलापहरु संचालन गर्दै ३ बर्षको अथक प्रयास पश्चात शनिवार नेपालमै पहिलो पटक गस गाउँपालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणाको लागि आवश्यक सुचकहरु पुरा गर्न सफल भएको प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले बताए ।


घोषणाको तयारी पूर्व गर्नु पर्ने सुचकहरु पोषण मैत्री स्वास्थ्य संस्थाहरुको लागी आवस्यक सुचकहरुको प्रमाणिाकरण, गाउँकार्यपालिकाबाट पोषणको क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता, अनुगमन, समीक्षा र मुल्याकनको काम पुरा भएको प्रमुख प्रशासकिय अधिकृत एवम् पोषण सम्वन्धि गुणस्तर सुधार कार्यसमिति सदस्य राजिव पन्थीले जानकारी दिए ।
पालिका अध्यक्ष तथा पोषण सम्वन्धि गुणस्तर सुधार कार्यसमिति समितिका संयोजक थापाले भन्नुभयो–‘पोषणको बस्तुगत बिवरणा संकलन, तयारी, बिश्लेषणा र प्रकाशन, निश्चित सुचक तथा मापदण्डका आधारमा गाउँ, वडा हुँदै शाखागत र पालिका स्तरमा पोषणा सम्पर्क व्यक्ति, पोषण डेस्क स्थापना गर्दै आगामि दिनमा पूर्ण पोषणमैत्री स्थानिय सासनका लागि समेत आवस्यक कार्योजना बनाइनेछ ।

‘पोषण बिशेष कार्यक्रमको गुणस्तर सुधार निर्देशिका २०७८ बमोजिम ७ वटै वडाका सम्पुर्ण स्वास्थ्य संस्थाहरुले सवै सूचकहरु पुरा गरेको गाउँपालिका स्वास्थ्य शाखा अधिकृत तथा पोषण सम्वन्धि गुणस्तर सुधार कार्यसमिति समितिका सदस्य सचिव नारायण प्रसाद अर्यालले जानकारी दिए । गुल्मीदरबार गाउँपालिका, जिल्ला समन्वय र स्वास्थ्य कार्यालय गुल्मीको पोषण तथा खाद्य सुरक्षा निर्देशनक समितिले अनुगमन, मुल्यांकन तथा सुचकको प्रमाणिकरण पत्र प्राप्त भएपछि घोषणा गरिएको छ ।
गर्भवति महिलाले ८ पटक पूर्व प्रसुति जाँच, प्रसुति पछीको ४ पटक जाँच गर्भवति महिलाले टिडि खोप लिएको तालिम प्राप्त स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामा सुत्केरी गराएको, २४ महिनासम्म वालवालिकहरुले नियमित वृद्धि गर्ने गरेको पाईको छ
महिला, किशोरी तथा बालबालिकाको पोषणको अवस्थामा सुधार ल्याउन र पोषण सेवाको सुनिश्चतता र दिगोपना कायमको लागि पालिकालाई पोषण मैत्री स्थनीयशासनको लक्ष्य अनुसार गाउँपालिकाका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष तारा थापाको भनाई रहेको छ उनले आगामी दिनमा पोषण मैत्री स्थानीय शासन पद्धतिलाई गाउँपालिकाको नीति तथा कार्यक्रममा पनि प्राथमिकता दिइने बताईन । अनुगमन तथा सुचकहरुको प्रमाणिाकरणको लागि सुआहाराका पोषण तथा खाद्य सुरक्षा विषेशज्ञ लिल बहादुर नेपाली र स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख बोम अर्यालले गुल्मीदरबार गाउँपालिकाले सम्पुर्ण सुचक पुरा गरेकाले गाउँपालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको बताए ।


जिल्ला समन्वय समितिका प्रमुख दोर्ण खत्रीले सामाजिक अभियान परिवर्तन गर्ने बहुआयामिक पोषणमैत्री कार्यक्रम भएकाले घोषणामा दिगो बनाउनु पर्नेमा जोड दिए । घोषणा समारोहलाई सन्देशमुसलक बनाउनको लागि कार्यक्रम स्थलको बाहिर सात वटै स्वास्थ्य संस्थाहरुको पोषण प्रर्दशनी स्टल राखिएको थियो भने कार्यक्रमको विचविचमा पोषण सम्बन्धि सन्देशमुलक गित नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा ८३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु स्वास्थ्यकर्मीहरु विभिन्न क्षेत्रबाट सहयोग गर्ने महानुभावहरु लाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्