वडाध्यक्ष भुसालद्धारा बार्षिक उपलब्धी तथा समिक्षा प्रस्तुत

३० बुँदे कार्यप्रगति भित्र के छन् ?


पालिका पत्र

१३ जेष्ठ २०८०, शनिबार १३:४५ मा प्रकाशित

जेठ १३ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष नवराज भुसालले आफ्नो कार्यकालको एकबर्षे उपलब्धी तथा समिक्षा प्रस्तुत गरेका छन् । दोस्रो स्थानिय तहबाट निर्वाचित भएर आजकै दिन अर्थात २०७९ जेठ १३ गते पदवहाली गरेको १ बर्ष पुरा भएको सु-अवसरमा भुसालले आफ्नो कार्यप्रगति प्रस्तुत गरेका हुन् ।

सामाजिक सञ्जाल मार्फत आफ्ना उपलब्धी र समिक्षाहरु सार्वजनिक गर्दैै उनले सर्वप्रथम आफुलाई अमुल्य मतदान गरी वडाबासी सम्पूर्ण नागरिकहरुको सेवक बन्ने अवसर प्रदान गर्नुहुने शितगंगा नगरपालिका वडा नम्बर ११ का सम्पुर्ण आमाबुबा, दाजुभाई तथा दिदिबहिनीहरु प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् । साथै यस अवसरमा १ बर्षको अवधीमा सहयोग तथा सकारात्मक सुझाव प्रकट गर्नुहुने सबै सबै प्रती पनि भुसालले आभार ब्यक्त गरेका छन् ।

भौगोलिक हिसावले अति नै ठुलो तथा बिकट रहेको यस वडाको सिमित स्रोत र साधनका बावजुत पनि सेवा प्रवाहमा जनतालाई सहजताका लागी वडा कार्यालय संगै अन्य दुई स्थानबाट सेवा केन्द्र स्थापना गरी बिभिन्न ३ स्थानबाट कार्यालयका सेवाहरु सञ्चालन गर्दै आएको उनले बताएका छन् । बिकास निमार्ण साथै सबै क्षेत्रहरुलाई प्राथमिकतामा राखि कार्य सञ्चालन गर्दै आइएको उनले बताए ।

बिकास निमार्ण कार्यमा सहयोग गर्ने संघिय सरकार, प्रदेश सरकार, शितगंगा नगरपालिका र बिभिन्न साझेदार संस्थाहरु सबैलाई वडाध्यक्ष भुसालले धन्यवाद ब्यक्त गरेका छन् । वडाध्यक्ष भुसालले बिभिन्न क्षेत्रगत प्रगतिमूलक ३० बुँदे कार्यउपलब्धीहरु समेत प्रस्तुत गरेका छन् । पदबहाली दिनको पहिलो निर्णयबाट ढुङ्गेसेरा, टिक्करी, माझाखाडा वग्र क्षेत्रका नागरिकको सहजताका लागी टिक्करीमा सेवा केन्द्र सञ्चालन गर्ने प्रतिबद्धता अनुसार नै हाल उक्त क्षेत्रबाटै सेवा प्रवाह गरिरहेको उनले जनाए । सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण, नागरिकता सिफारिस, मालपोत कर संकलन जस्ता कार्यहरु टोल तथा वस्तीबाटै प्रदान गरिएको छ ।

बिद्यालयको पहुच भन्दा टाढा रहेको बेलखोला वस्तीमा बालबिकास केन्द्र स्वीकृत गरी सञ्चालन भएको, पालिकामै पहिलोपटक नगर स्तरिय अन्तर मा.बि. वक्तृत्वकला प्रतियोगिता तथा वडा स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको, शिक्षक दरबन्दी न्युन रहेका श्री दुम्सी आधारभुत विद्यालयमा नि.मा.बि. राहत र श्री धर्मोदय मा.वि.मा लेखा सहायक दरबन्दी थप गरिएको, वडा भित्रका ३५० जना बिद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिएको तथा वडामा रहेका बिभिन्न ४ वटा विद्यालयमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत बिद्यालय मर्मत योजना सञ्चालनमा रहेको उनले जनाएका छन् ।

यस्तैगरि, वडामा रहेका ४ वटै स्वास्थ्य संस्थामा दरबन्दी अनुसारको पदपूर्ति गरी पुर्णरूपमा सञ्चालनमा आएका, वडामा रहेका ७० बर्ष माथिका बृद्ध बृद्धाहरुलाई वस्तीमै पुगेर निः शुल्क स्वास्थ्य परिक्षण गरिएको तथा गर्भवती महिलाहरुलाई गाउमै पुगेर निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालनमा रहेको जनाइएको छ ।

पिउनेपानीको समस्या रहेको मौवाबारीमा चालिस हजार लिटर क्षमताको पानी ट्यांकी निमार्ण सम्पन्न गरिएको, दोबाटा, चावेनेटा, बेलदमार, भैसथरीर र थक्लेनी गाउँमा खानेपानी योजना सञ्चालनका लागी डि.पि.आर. तयार पारि प्रकृया अगाडी बढेको समेत बताइएको छ ।

बनकसाबास खयरभट्टी मौवाबारी पथ्थरकोट ढुङ्गेसेरा देउराली सड़क नगर गौरवको योजनामा समावेस गरी संघिय सर्शत तर्फको कार्यक्रममा १ नम्बर प्राथामिकतामा राख्न सफल भएको समेत वडाले जनाएको छ । सहिद तारा तेज स्मृती मार्ग (ईमिलिया-खयरभट्टी-दुम्सी-हरें) सडक बोर्ड नेपालको कार्यक्रमका लागी नगर कार्यपालिकाबाट निर्णय भई सिफारिस भएको, गुडरुङ्ग खोलामा मोटरेवल पक्की पुल निमार्णका लागी ठेक्का आवहान भएको, लुङग्री आँपखोला र दुम्सी दुमनडाडामा झोलङ्गे पुल निमार्णका लागी सम्झौता सम्पन्न भएको छ ।

दोबाटा सुरई खोलामा ट्रस बृज निमार्णका लागी आवश्यक रकम विनियोजन तथा सम्झौता भएको, पालिकामै सबैभन्दा बढि १५७ कि.मि. साना तथा मझौला सडक वडाबाटै मर्मत तथा सञ्चालन, वडामै पहिलोपटक १७२ मिटर सडकमा पक्की नाली निमार्ण गरी ४५० मिटर ग्रावेल सम्पन्न, वडा कार्यलय खयरभट्टि जाने सडकको ठुलो कुलोमा रहेका विभिन्न २ स्थानमा जिर्ण काठेपुल विस्थापन गरि कलवर्ट निर्माण सम्पन्न भएका छन् ।

टिक्करी सिंचाई, वग्र सिचाई, सेरा सिचाई, फोर्सल सिचाई र सिचाई ६०० मिटर पक्की कुलो निर्माण, मौवाबारी भुमिगत सिचाई योजना मार्फत डिप वोडिङ निर्माण सम्पन्न भएका छन् । मुल, बाकेढोनेनी, सुपारे ढुङ्गेसेरा गाउँमा पहिलोपटक बत्ती बाल्न सफल भएको, चावेनेटा, भैसथरी, थक्लेनी बेलदमार गाउकालागी बिद्युतिकरण प्रकृया अगाडी बढेको छ ।

भलिवल खेल विकासका लागि २० जना युवालाई राष्ट्रिय खेलाडि मार्फत खेल प्रशिक्षणको आवश्यक तयारी पुरा भएको छ । विभिन्न वडा तथा पालिका स्तरका खेल प्रतियोगितामा वडाको तर्फबाट सक्रिय सहभागिता रहेको छ । वडा स्तरिय अपाङ्ग सञ्जाल गठन तथा अन्तरकृया गोष्ठि सम्पन्न गरिएका छन् । ८४ वर्ष पुगेका वृद्ध वृदालाई घर घरमै पुगेर सम्मान रकम वितरण गरिएको छ । मगर दिवस सम्पन्न गर्न आर्थिक सहयोग उपलब्ध भएका छन् । महिलालाई आत्मनिर्भर बनाउन १७ जनालाई सिलाइ कटाइ र २५ जनालाई साबुन बनाउने तालिम प्रदान गरिएको छ ।

वडामा बिकास निमार्णका कार्यहरु मध्ये प्रधानमन्त्री रोजगार तथा मुख्यमन्त्री युवा स्वरोजगार कार्यक्रमहरुको साझेदारीबाट दुम्सी बिद्यालयमा २ कोठे भवन निमार्ण सम्पन्न भएको छ । बिभिन्न सामुदायिक वनहरुले गरेका सामाजिक बिकास तथा गरिबी निवारणमा पुराएको सहयोगले थप टेवा पुगेको महशुस वडाले गरेको उनी बताउँछन् ।

विकास निमार्णका कार्यलाई पारदर्शि तथा जनउत्तरदायी बनाउनु हामि सबैको कर्तब्य हो । वडाको बिकास निमार्ण सुशासन प्रवर्द्धन र अन्य सामाजिक राजनैतिक क्षेत्रमा सहयोग गर्नुहुने नगरपालिकाका पदाधिकारी, कर्मचारी, राजनैतिक दल, विभिन्न संघ संस्थाहरु, सञ्चारकर्मी साथीहरु, वडाबासिहरु र सुरक्षा निकाय सम्पुर्णमा भुसालले धन्यबाद दिएका छन् । आगामी दिनहरुमा पनि थप सल्लाह सुझावको अपेक्षा गर्दै सबैको साथ सहयोगबाट अगाडी बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्