मायादेवी गाउँपालिकाले दियो विद्यालयमा गर्मी बिदा


पालिका पत्र

२१ जेष्ठ २०८०, आईतवार ११:३७ मा प्रकाशित


पालिका पत्र, जेठ २१ । कपिलवस्तुको मायादेवी गाउँपालिकाले सबै सामुदायिक तथा संस्थागत बिद्यालयमा बिदा दिएको छ । पछिल्लो केहि दिनदेखि बढेको अत्यधिक गर्मीका कारण मायादेवीले गाउँपालिका भित्रका विद्यालयमा बिदा दिइएको हो ।


मायादेवी गाउँपालिकाले अत्याधिक गर्मी बढेसँगै ५ दिनका लागि बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमूख माधव प्रसाद घिमिरेले बताए । केहीदिन यता कपिलवस्तुको तापमान उच्च तहमा पुगेसँगै विद्यालयमा अध्ययनरत बालवालिकाहरुलाई विद्यालय समयमा हुने अध्ययनमा समस्या देखिएको छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमूख घिमिरेका अनुसार आईतवार भएको गाँउपालिकाको निणर्यले सोमबार (जेठ २२ गते) देखि शुक्रवार (जेठ २६ गते) सम्मका लागि ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

गाँउपालिकामा संचालित सामुदायिक र संस्थागत सबै खाले विद्यालय गाँउपालिकाको शैक्षिक वर्ष २०८० को क्यालेण्डरमा रहेको गर्मी बिदा आश्यकता अनुसार दिने व्यवस्था भए अनुसार अहिले दैनिक बढिरहेको गर्मीको समयलाई मध्यनजर गरी यो विदाको निर्णय गरेको गाउँपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

उक्त सुचना अनुसार जेठ २८ गते देखि भने विद्यालय नियमित हुने समेत जनाइएको छ । गाउँपालिकाले यो निर्णयलाई कार्यान्वयन गर्न समेत सबै विद्यालयहरुलाई आग्रह समेत गरेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्