शोकमा पाणिनी गाउँपालिकाः मंगलबार शोक विदा

दुर्घटनामा गाउँ सभा सदस्य कृष्ण प्रसाद पोख्रेल सहित ५ जनाको मृत्यु


पालिका पत्र

२२ जेष्ठ २०८०, सोमबार १६:५५ मा प्रकाशित


पालिका पत्र, जेठ २२ ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकाले भोलि मंगलबार शोक विदा दिने भएको छ । आईतबार साँझ साढे ५ बजे पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा भएको जिप दुर्घटनामा परी एकै घरका २ जना सहित ५ जनाको मृत्यु भएको शोकमा पालिकाले भोलि मंगलबार बिदा दिएको गाउँ पालिकाका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिनु भयो ।

दुर्घटनामा परी घाईते १० जनाको रूपन्देहीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । पाणिनी गाउँ पालिकाका गाउँ सभा सदस्य कृष्ण प्रसाद पोख्रेल (बिजय) सहित गाउँपालिकाका ५ जनाको ज्यान गएको भन्दै सिङ्गो गाउँ पालिका स्तब्ध भएको र शोकाकुल परिवारजनमा धैर्यधारणा गर्ने शक्ति प्राप्त होस भनिएको छ । साथै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालको हस्ताक्षर रहेको जारी सूचनापत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्