नीति तथा कार्यक्रमः शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता

रोजगारी तथा उत्पादनमा जोड


पालिका पत्र

२६ जेष्ठ २०८०, शुक्रबार १५:४० मा प्रकाशित



पालिका पत्र, जेठ २६ । लुम्बिनी प्रदेश सरकारले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषिलाई जोड दिइएको छ ।

धेरै पुराना कार्यक्रमलाई केही नयाँ नारा दिएर अगाडि प्रस्तुत गरिएको छ । भने केही नयाँ कार्यक्रममा रोजगारी तथा उत्पादनसँग जोडेर ल्याएको छ ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत पुराना कार्यक्रमलाई नयाँ नारा दिएर प्रस्तुत गरेको छ भने केही नयाँ कार्यक्रमलाई रोजगारी तथा उत्पादनसँग जोडिएको पनि छ ।

नीति तथा कार्यक्रममा प्रदेशमा रहेका गौरवका आयोजनालाई उच्च प्राथमिकता दिँदै प्रदेश राजधानी राप्ती उपत्यका ९देउखुरी० मा निर्माणाधीन भौतिक संरचना सम्झौता अवधिभित्रै सम्पन्न गर्ने गरी तीव्रता दिइने उल्लेख छ ।

त्यस्तै नदी सभ्यतामा आधारित राजधानीमा सुविधा सम्पन्न सहर विकासका लागि जग्गा एकीकरण (ल्यान्ड पुलिङ) कार्य तदारुकताका साथ अगाडि बढाइने सरकारले जनाएको छ ।

प्रदेश भित्रका सम्भाव्य स्थानमा नयाँ सहरको विकास गर्न प्रादेशिक सहरी विकास गुरुयोजना तयार गरी क्रमिक रूपमा कार्यान्वयन गर्न पाल्पाको रामपुर, कपिलवस्तुको महाराजगन्ज र दाङको कोइलावास तथा तुलसीपुरको सहरी पूर्वाधार विकास कार्यलाई अगाडि बढाउने सरकारले जनाएको छ ।

सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुरूप १२ वटै जिल्लामा सहरी र बस्ती विकासका लागि सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गरिने सरकारले जनाएको छ ।

‘मेरो स्वास्थ्यः मेरो जीवन’, ‘पूर्ण सुरक्षित मातृत्व सेवायुक्त स्थानीय तह, जिल्ला तथा प्रदेश पूर्ण ज्योति प्रदेश ५० शय्याका जिल्ला अस्पतालमामा डाइलाइसिस सेवा विस्तार मुटुको भल्भ प्रत्यारोपण, मिर्गौला प्रत्यारोपण र क्यान्सर रोगको उपचारमा प्रति व्यक्ति दुई लाख रुपैयाँको सहुलियत र गरिबीको रेखामुनि रहेका नागरिकलाई दम तथा ब्रोङ्काइटिसजन्य रोगमा स्वास्थ्य उपचार लगायतका विषय कार्यक्रममा समेटिएका छन् ।

लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल र बिजौरिया आयुर्वेद अस्पतालको स्तर वृद्धि गरिने सरकारले जनाएको छ । त्यस्तै लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शय्यामा र बिजौरिया आयुर्वेद अस्पताललाई ५० शय्याको बनाउने नीति कार्यक्रममा उल्लेख छ ।

यस्तै प्रदेश सरकारले अर्घाखाँचीको माला रानीमा रहेको बाख्राको सरकारी श्रोत केन्द्र र कपिलवस्तुको कृष्ण नगरमा बागवानीको सरकारी श्रोत केन्द्र सञ्चालनमा ल्याउने भएको छ । बिउ, बिरुवा तथा नस्लका प्राथमिक ।।।। लागि सरकारी श्रोत केन्द्र सञ्चालनमा ल्याउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सार्वजनिक भएको नीति तथा कार्यक्रम वाचन गर्दै प्रदेश प्रमुख शेरचनले भने, ‘कृषि र कृषकलाई प्रवर्द्धन गर्न प्रतिफलमा आधारित प्रोत्साहन अनुदानलाई निरन्तरता दिइने छ । कृषि पेसालाई प्रर्यादित र सम्मानित बनाउन कृषि तथा पशुपति क्षेत्रमा उत्पादन तथा प्रविधि हस्तान्तरणमा उदाहरणीय योगदान पुर्‍याउने कृषकलाई सम्मान गरिने छ ।’

प्रदेशका बाह्रै जिल्लामा साना सिँचाइ आयोजनामार्फत ३०० हेक्टर सिञ्चित क्षेत्र विस्तार र सम्पन्न भएका ठुला सिँचाइ आयोजना बाणगंगा, प्रगन्ना, बबई, सिक्टा सिँचाइको प्रभाव क्षेत्रमा उपयुक्त बाली चक्रमार्फत २००० हेक्टर क्षेत्रफलमा बाली सघनता वृद्धि गर्ने कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिने जनाएको छ ।

कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकारले बाली वस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास गर्ने भएको छ । यस अन्तर्गत अर्घाखाँची, पाल्पा, गुल्मी र प्युठानमा सुन्तला जातका फलफूल र तरकारी उत्पादनलाई प्रवर्धन गरिने भएको छ ।

यस्तै पशुपक्षीतर्फ अर्घाखाँचीमा गाई र बाख्रा पालन व्यवसायलाई पकेट क्षेत्र कनाएर प्रवर्धन गर्ने नीति प्रदेश सरकारले लिएको छ ।

नीति तथा कार्यक्रममा ‘श्रमको सम्मानः लुम्बिनी प्रदेशको अभियान’का साथ प्रदेशलाई श्रमिकमैत्री बनाउन श्रम तथा रोजगार रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने जनाएको छ ।

रोल्पा र रुकुम पूर्वलाई अल्लो र कम्बल, प्युठानलाई अल्लो, दाङलाई छालाजन्य बस्तु र खुकुरी, गुल्मीलाई कफी, पाल्पालाई ढाका र करुवा, बर्दियालाई बेतबाँस, नवलपरासी ९बसुप० लाई उखु र केरा तथा पटेरबाट निर्माण गरिने हस्तकलाका सामग्री उत्पादन हबको रूपमा विकास गर्दै जाने नीतिलाई निरन्तरता दिने कार्यक्रममा उल्लेख छ । साथै, अन्य जिल्लामा पनि उत्पादन सम्भावना भएका वस्तु पहिचान गरी निजी क्षेत्रसँगको सहकार्यमा सीप र प्रविधि उपलब्ध गराइने उल्लेख छ ।

‘मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम’ बाट बेरोजगार युवा शक्तिलाई बजार माग र स्व–रुचि अनुरूप सीपमूलक तालिम प्रदान गर्दै उद्यमशीलताको विकासमार्फत रोजगारी तथा स्वरोजगारी सिर्जना गर्न सङ्घको “पढ्दै कमाउँदै, कमाउँदै पढ्दै’ कार्यक्रम समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्