भोलिदेखि थप ४ दिन बाणगंगाका विद्यालयमा विदा


पालिका पत्र

२ असार २०८०, शनिबार १६:५४ मा प्रकाशित

पालिका पत्र, असार ०२ बाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिकामा थप चार दिन विदा हुने भएको छ ।

अत्यधिक गर्मी बढेपछि यसअघि थप गरिएकोमा फेरि ४ दिन थप गरिएको शुक्रबार नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाको अनुसार अब असार ७ गते मात्र विद्यालय खुल्ने छन् । नेपालमा मनसुन भित्रिए पनि अझै मध्य र पश्चिम नेपालसम्म पुग्न सकेको छैन । जसले गर्दा ४३ डिग्री सेल्सियसम्मको गर्मी कायम छ ।

प्रतिक्रिया दिनुहोस्