उपप्रमुख भाटको अध्यक्षतामा जिल्ला स्तरिय न्यायिक समन्वय सञ्जाल गठन


पालिका पत्र

६ असार २०८०, बुधबार २०:३९ मा प्रकाशित

पालिका पत्र, असार ०६ । अर्घाखाँचीमा जिल्ला स्तरीय न्यायिक समन्वय सञ्जाल गठन गरिएको छ । शितगंगा नगरपालिकाले आयोजना गरेको प्रथम अर्घाखाँची जिल्ला न्यायिक सम्मेलन मार्फत शितगंगा नगरपालिकाका उपप्रमुख गिता भाट क्षेत्रीको अध्यक्षतामा जिल्ला स्तरिय न्यायिक समन्वय गठन गरिएको हो ।

भाटको अध्यक्षतमा १३ सदस्यीय जिल्ला स्तरिय सञ्जाल गरिएको बताइएको छ । जसको सदस्य सचिवमा केशवप्रसाद बेल्बासे तथा सदस्यहरुमा सन्धीखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य, भूमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडे, मालारानी गाउँपालिकाका उपाध्यक्ष दीपा पोख्रेल, पाणिनी गाउँपालिकाका उपाध्यक्ष नर्मदा गौतम पौडेल, छत्रदेव गाउँपालिकाका उपाध्यक्ष मणी पन्थी, श्यामनाथ कायश्थ, बाबुराम सुनार लगायत १३ सदस्यीय सञ्जाल गठन गरिएको हो ।

उपप्रमुख–उपाध्यक्षका कामका सम्बन्धमा समान बुझाइ विकास गर्न, कार्य प्रणालीमा एकरुपता ल्याउन, साझा सवालमा सहकार्य तथा समन्वय गर्न, असल अभ्यास र सिकाइ आदान प्रदान गर्न, समस्या र चुनौती सामना गर्न साझा निर्माण गर्ने उद्देश्यले सञ्जाल निर्माण गरिएको हो । सम्मेलनले अर्घाखाँचीका उपप्रमुख र उपाध्यक्षको क्षेत्राधिकारभित्र रहेका सबै काममा एकरूपता ल्याउन सञ्जाल गठन गरेको भाटले जानकारी दिइन्।

‘न्यायिक समिति भनेको स्थानीय तहको अदालत नै हो,’ उनले भनिन्, ‘उच्च अदालत तुल्सिपुर बुटवल इजालसका न्यायधिस चन्द्र बहादुर सारु, बिषेस अदालत काठमाडौका रजिस्टार अशोक कुमार क्षेत्री, जिल्ला अदालत अर्घाखाँचीका श्रेस्तेदार महेश खनाल समेतको उपस्थितिमा सम्पन्न सम्मेलनमा हामीले गरेका काम न्यायिक समितिको काम, कर्तव्य र अधिकारसँगै न्यायिक निरुपणका लागि आवश्यक विषयमा उहाँसँग छलफल गरियो। यो एकदमै फलदायी भयो।’

‘न्यायिक समितिका कुरा, अनुगमनका कुरा, उपभोक्ता हितलगायतका विषयमा एकरूपता ल्याउन पनि यो सञ्जाल फलदायी होला भन्ने कोणबाट छलफल भएरै अघि बढिएको उनी बताउँछिन् ।

यो छलफलमा हामीले यसका लागि अर्घाखाँची भित्रका उपप्रमुख–उपाध्यक्षको एउटा सञ्जाल बनाऔँ भन्ने भयो,’ भाटले भनिन्, ‘यो सञ्जाललाई अब तालिका बनाएरै उपप्रमुख–उपाध्यक्षको क्षेत्राधिकारभित्र पर्ने विषयलाई एकरूपता कायम गर्दै प्रभावकारी बनाउने ढंगले अघि बढाउँछौँ।’

प्रतिक्रिया दिनुहोस्