जिल्ला हुलाक कार्यालय कपिलवस्तुमा ताला


पालिका पत्र

१० असार २०८०, आईतवार २०:२९ मा प्रकाशित

तौलिहवा, असार १० । जिल्ला हुलाक कार्यालय कपिलबस्तुमा तालाबन्दी गरिएको छ । सरकारले अतिरिक्त हुलाक खारेजी गरेको भन्दै उहाँहरु आन्दोलित भएका हुन् ।


सरकारले बजेट वक्तव्य मार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेपछि कर्मचारीहरू नाराबाजी सहित हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन् ।

नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसियसन कपिलबस्तुका अध्यक्ष शिवदिन यादवका अनुसार जेठ १५ गते बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेको बताए । सरकारले गरेको खारेजीको घोषणाको विरोध गर्दै हुलाक कार्यालयमा तालाबन्दी गरिएको उहाँले बताउनुभयो बताए ।

आन्दोलनरत कर्मचारीहरु अतिरिक्त हुलाक खारेजीको निर्णय तत्काल फिर्ता गर्नु पर्ने, अतिरिक्त हुलाकमा लामो समयदेखि कार्यरत कर्मचारीहरुको रोजगारी खोस्न नपाइने, हुलाकको संरचना खारेज हैन यसको पुनःसंरचना गर्नुपर्ने र राजिनामा दिई सेवाबाट नियमित रुपमा अवकाश भएका वा हुने कर्मचारीहरुको सेवा अवधिका आधारमा सेवा सुविधा सुनिश्चित गर्नु पर्ने माग राखेका छन् ।


कपिलबस्तुमा अतिरिक्त हुलाकमा काम गर्ने २ सय १ जना रहेको एसोसियसनका अध्यक्ष यादवले बताए। आन्दोलनरत कर्मचारीहरु विभिन्न नाराबाजी सहित हुलाक कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्