म्यानेजमेन्ट पढाईमा उदाउंदो संस्था त्रिभुवन युनाइटेड एकेडेमी, सबै वर्गका विद्यार्थीको रोजाई बन्दै


११ असार २०८०, सोमबार ०८:४३ मा प्रकाशित

पालिकापत्र,बुटवल । अब केही दिनमा एसईईको रिजल्ट आउंदैछ । एसईईको रिजल्टपछि विद्यार्थीहरु प्लस टु पढाई हुने शिक्षण संस्थामा भर्ना हुनुपर्छ । तर विद्यार्थीहरु एसईईको रिजल्ट नआउंदै आफू कहां पढ्दा राम्रो होला भनेर राम्रा शिक्षण संस्थाबारे बुझन् थालिसकेका छन् ।
यसै क्रममा म्यानेजमेन्ट संकाय अन्तरगत कम्प्युटर साइन्स, फाइनान्स, होटेल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेरिङ र मेजर इङलिस विषयहरु पढाई हुने बुटवल दीपनगरको त्रिभुवन युनाइटेड एकेडेमी सबै वर्गका विद्यार्थीको रोजाई बन्दै गएको छ । बुटवलमा टुरिज्म एण्ड माउन्टेरिङ पढाई हुनेमा त्रिभुवन युनाइटेड अग्रपंक्तिमा छ ।
एसईई दिएर रिजल्टको पर्खामा बसेका विद्यार्थीहरु त्रिभुवन युनाइटेड एकेडेमीमा पढाई हुने विषयहरु,यहां लिइने शुल्क, छात्रवृत्ति,कलेजका विशेषताहरुबारे बुझ्न दिनहुं जसो उल्लेख्य संख्यामा संस्था भिजिट गर्न आउन थालेका भाइस प्रिन्सिपल रामचन्द्र बस्यालले बताए ।
‘एसईई दिएर बसेका विद्यार्थीहरु हाम्रो संस्थाबारे बुझ्न दैनिकजसो उत्साहजनक संख्यामा आउने गरेका छन्’–बस्यालले भने ।
संस्थाले एसईईमा उत्कृष्ट अंक ल्याएका, गरीब तथा जेहेन्दारलाई सरकारको नियम अनुसार छात्रवृत्ति आदि सुविधा दिने गरेको छ ।

भूकम्प प्रतिरोधक सुविधासम्पन्न आफ्नै भवन,अनुशासित र पुर्णत शैक्षिक वातावरण,सुविधासम्पन्न कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याब,क्याफेटेरिया,कलेज बस,अंग्रेजी र नेपाली दुबै माध्यममा पढाई, कमजोर विद्यार्थीलाई विशेष गाइडेन्स,सुविधासम्पन्न ई लाइबे्ररी र लाइब्ररी,विद्यार्थीको चौतर्फी विकासका लागि नियमित अतिरिक्त क्रियाकलाप,नृत्य, संगीत,विभिन्न खेलकुद, योग अभ्यास, दक्ष र अनुभवी तथा विद्यार्थीमैत्री शिक्षकहरुका कारण विद्यार्थीको रोजाई बन्दै गएको प्लस टु तह प्रमुख गुरुदत्त पौडेलले बताए ।
गत वर्ष कक्षा ११ मा मात्रै ३ सय बढी विद्यार्थी भर्ना भएका र विद्यार्थीहरुको चाहना अनुसार संस्था अघि बढेकाले यस वर्ष विद्यार्थीको आकर्षण झने बढ्ने विश्वास लिइएको उनले बताए ।

विद्यालयकी छात्रा मोनिका कुंवरले त्रिभुवन युनाइटेड एकेडेमीमा स्टुडेन्ट फ्रेन्ड्ली निक्कै राम्रो शैक्षिक वातावरण रहेको र विद्यार्थीको रुचि अनुसारका सांगितीक,खेलकुद र अतिरिक्त क्रियाकलाप समेत हुने गरेको बताइन् । ‘संस्थामा पढाई र एक्स्ट्र एक्टिभिटी सबै राम्रो छ, विद्यार्थीको पढाई मात्र होइन अन्य क्षमता विकास र नेतृत्व विकाश,अनुशासन सबैमा राम्रो छ’–मोनिकाले भनिन् । Advertorial.

प्रतिक्रिया दिनुहोस्