अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुर्दा तिन जनाको मृत्यु


पालिका पत्र

१९ असार २०८०, मंगलवार १८:५५ मा प्रकाशित


अर्घाखाँची, असार १९ ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले पुर्दा एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ । गाउँपालिका–१ गोवनपानीमा माथिबाट खसेको पहिरोले घर पुर्दा १२ वर्षीय खुमबहादुर राष्कोटी, ११ वर्षीय अञ्जु राष्कोटी र १० वर्षीय धनबहादुर राष्कोटीको मृत्यु भएको वडाध्यक्ष कमलप्रसाद पोखरेलले बताए । सख्त घाइते १४ वर्षीय सचिन राष्कोटीलाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

बिहान ८ बजेतिर एक्कासि घरमाथिबाट पहिरो खसेको र चार जना पुरिएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । पुरिएका चारै जनालाई प्रहरी र स्थानीयले पहिरोबाट निकालेका थिए । रातभरको अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर भत्किएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्