देवदह नगर क्षेत्रभित्र प्लटिङ्ग गर्दा स्वीकृति अनिवार्य


पालिका पत्र

२१ असार २०८०, बिहीबार १०:५१ मा प्रकाशित

देवदह, असार २१ । रुपन्देहीको देवदह नगरपालिका क्षेत्रभित्र प्लटिङ्ग गर्दा नगरपालिकाको स्वीकृति अनिवार्य हुने भएको छ। नगरपालिकाको १२औं नगरसभाको दोस्रो बैठकमा पेश गरिएको नीतिगत निर्णयमा जग्गा प्लटिङ्ग गर्दा पालिकाको स्वीकृति अनिवार्य गर्ने जनाईएको छ।

न्युनतम २४ फुट सडक, खानेपानी, ढल निकास र विद्युतको व्यवस्था सहित निवेदन दिएमा प्लटिङ्ग कार्यलाई अनुगमन पश्चात अनुमति दिन सकिने निर्णयमा उल्लेख छ।

नगरप्रमुख ध्रुवप्रसाद खरेलले नगरसभामा पेश गरेको उक्त विषय अव्यवस्थित प्लटिङ्ग रोक्न, कृषिभूमिको दोहन रोक्न र व्यवस्थित सहरीकरणको लागि आवश्यक परेको उल्लेख छ।

त्यसैगरी सामूदायिक वनले आम्दानीको १० प्रतिशत नगरपालिकामा दाखिला गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने निर्णय समेत नगरपालिकाले गरेको छ।

प्रतिक्रिया दिनुहोस्