एसईईमा बुटवलको अक्सफोर्ड माविको नतिजा उत्कृष्ट


२१ असार २०८०, बिहीबार २२:३३ मा प्रकाशित

पालिकापत्र,बुटवल । अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलका दुई जनाले एसईईको नतिजामा ३.९५ जिपिए प्राप्त गरेका छन् । विहिबार सार्वजनिक नजिता अनुसार विद्यालयका विद्यार्थीहरु दर्शन खनाल र अभिषेक खनालले ३.९५ जिपिए प्राप्त गरेका प्राचार्य दिनेश भुसालले जानकारी दिए ।

यस बर्ष कुल १ सय ५ विद्यार्थीले एसईई दिएकोमा अन्य सवै विद्यार्थीहरुको नतिजा उत्कृष्ट भएको विद्यालयले जनाएको छ ।

त्यस्तै २ जना विद्यार्थीहरुले ३ दशमलव ९ जिपिए ल्याएका छन् । विद्यार्थीहरु माधवी भट्टराई र पुजा बञ्जाडेले ३ दशमलव ९ जिपिए ल्याएको विद्यालयले जनाएको छ । यो नजिता हालसम्मकै बुटवलमा उत्कृष्ट रहेको दावी विद्यालयको छ ।

प्रतिक्रिया दिनुहोस्