शितगंंगाका ९० प्रतिशत योजना सम्पन्न


पालिका पत्र

२२ असार २०८०, शुक्रबार ११:५६ मा प्रकाशित


शितगंगा, असार २२ ।
शितगंंगा नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को योजना कार्यन्वयनको अन्तिम चरणमा पुगेको छ । ठुलो क्षेत्रफल र धेरै योजना हुँदा सबै साना ठुला योजना सम्पन्न हुनै कठिनाइ हुने शितगंगा नगरपालिकामा यो आर्थिक बर्षमा गत बर्षको तुलनामा करिव २०० बढि योजना कम गरिएको थियो । धेरै योजना हुँदा कार्य सम्पन्न हुन् र अनुगमनमै कठिनाइ हुने प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनालले बताए । शितगंगा नगरपालिकाले ८०० भन्दा बढि योजना निर्माण गर्ने गरेकोमा तग बर्ष २०० बढि योजना कमि गराए पनि सबै योजनामा अनुगमन गर्न सम्भव नरहेको खनालले बताए । यो आर्थिक बर्ष समेत योजन कम गर्ने तयारी रहेको को भनाई छ ।


शितगंगा नगरपालिकाका योजना शाखा अधिकृत नुमलाल खनालले यो बर्षका करिव अधिकांस योजना अन्तिम चरणमा रहेको र भुत्तानीको लागि सिफारिस भइ सकेको बताए । उपभोत्ता शिक्षाको कमी शितगंगा नगरपालिकामा कार्य सम्पन्न भइ पछि पनि असारमै भुक्तानी लिन आउने तथा कागजात पुरा नहुने समस्याले असारको समयमा कामको चाँप बढ्ने गरेको शाखा प्रमुख खनालले बताए ।


नगरका योजना धेरै भए पनि सम्झौता गर्न नगरपालिकाले वडामै सम्झौता गर्ने समेत गरेको छ । साथै हरेक बर्ष उपभोत्ता समिति परिर्वतन हुने र शिक्षाको कमी हुने गदा फरफारकमा समस्या हुने गरेको खनालले बताए ।


यो बर्षको योजना कार्यन्वयनको चरण ९० प्रतिशत सम्पन्न भएको र बाँकी रहेको पनि प्रकृयामा रहेको बताए । असार लागे पछि नगरपालिकाका कर्मचारी समेत राती अबेर सम्मै काममा खटिएर कार्य सम्पादनमा खटिरहेको खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्