विजयनगर गाउँपालिकाको बित्तीय प्रगति ८४ प्रतिशत


पालिका पत्र

२६ असार २०८०, मंगलवार १७:१९ मा प्रकाशित

असार २६ । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ८४ प्रतिशत बित्तीय प्रगति गरेको छ । आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले चालुतर्फ ९१ दशमलव २४ प्रतिशत र पूँजिगत तर्फ ७७ दशमलव ३३ प्रतिशत प्रगति हासिल गरेको हो ।

विजयनगर गाउँपालिकाका लेखा अधिकृत हिमकान्त आचार्यका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को सम्पुर्ण खर्च तथा भुक्तानी सम्बन्धी लेखांकन कार्य बन्द भएको र चालु आर्थिक वर्षको बित्तीय प्रगति ८४.२१ प्रतिशत खर्च भएको जनाए ।
विजयनगर गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० का लागी ६८ करोड ३६ लाख ४ हजार ५ सय ७१ रुपैया ९४ पैसाको बार्षिक स्बीकृत बजेट मध्ये ५७ करोड ५६ लाख ९५ हजार ९ सय ९२ रुपैया ९३ पैशा अर्थात ८४.२१ प्रतिशत प्रगती भएको जनाइएको छ ।

चालु तर्फ स्बीकृत ३३ करोड ८३ लाख ५ हजार ८ सयमा ३० करोड ८६ लाख ७५ हजार ७ सय २९ रुपैया १३ पैसा अर्थात ९१.२४ प्रतिशत खर्च भएको छ । त्यसै गरी पुँजीगत तर्फ बार्षिक स्बीकृत बजेट ३४ करोड ५२ लाख ९८ हजार ७ सय ७१ रुपैया ९४ पैसा रहेकोमा २६ करोड ७० लाख २० हजार २ सय ६३ रुपैया ८० पैसा अर्थात ७७.३३ प्रतिशत खर्च प्रगती भएको जनाइएको छ ।

साथै चालु आर्थिक बर्ष २०७९/८० को बार्षिक निती तथा कार्यक्रम र बार्षिक बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग गर्ने जनप्रतिनिधी कर्मचारी तथा सरोकारवाला सबैमा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले धन्यबाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्