कर्मचारीका लागि संचयकोषमा साउन १ गतेदेखि नयाँ व्यवस्था


पालिका पत्र

२७ असार २०८०, बुधबार १२:३८ मा प्रकाशित

काठमाडौँ । कर्मचारी सञ्चय कोषले साउन १ देखि सञ्चय कोष तथा निवृत्तिभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटी तथा कर्जामा लिने ब्याजदरमा नयाँ व्यवस्था लागू गर्ने भएको छ ।

जसअनुसार सञ्चयकर्तालाई सञ्चय कोष र निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ७.५० प्रतिशत गरिने लागिएको हो । सञ्चयकर्ता विशेष सापटीमा ८.६०, सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.२५ र सञ्चयकर्ता जग्गा खरिद सापटी र सरल चक्र कर्जामा ९.७५ प्रतिशत ब्याजदर लाग्ने कोषले जनाएको छ ।

धितोमा आधारित सञ्चयकर्ता कर्जाको त्रैमासिक रूपमा व्याज चुक्ता गर्ने सञ्चयकर्ताको हकमा व्याज चुक्ता गरेको त्रैमासको लागि तोकिएको ब्याजदरमा ०.२५ प्रतिशत बिन्दुले छुट दिने व्यवस्था गरिएको पनि कोषको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्