विजयनगरमा ९८ प्रतिशत योजना सम्पन्न, ३ करोड बढि भुक्तानी बाँकी


पालिका पत्र

३० असार २०८०, शनिबार १९:१९ मा प्रकाशित


कपिलवस्तु, असार ३० ।

कपिलवस्तुको विजयनगर गाउँपालिमा आर्थिक बर्ष ०७९ /०८० का योजनाहरु ९८ प्रतिशत सम्पन्न भएका छन । सम्पन्न भएका विभिन्न योजनाहरुको रकम अभावका कारण पालिकाले चालु आ.ब.मा ३ करोड १७ लाख रकम भने भुक्तानी गर्न सकेन ।

गाउँपालिमा आउनुपर्ने समानिकरण अनुदान रकममा कटौती हुदाँ बजेट अभावका कारण आ.ब.०७९/०८० मा सम्पन्न भएका १० वटा योजनाहरुको भुक्तानी नभएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी दिए ।सामानिकरण अनुदानको ४० प्रतिशत रकम पुनप्राप्त भएकोले पालिकाको खाता संचालनमा आए पछि सावन महिनामा भुक्तानी गरिने प्रमुख प्रशासकिय अधिकृत रिजालले बताए ।


गाउँपालिकाका लेखा शाखा प्रमुख हिमकान्त आचार्यका अनुसार भुक्तानी नभएका योजनाहरुमा नवप्रर्वतन कार्यक्रमका योजनाहरुको रु ५० लाख , जिन्सी आगलागी आवासको जस्तापाता (सापकोटा ट्रेडर्स) ९ लाख ८८ हजार ७ सय पचास, मिलनचोक अम्लहवा म्याचिङ्ग योजना (एम एस डेवलपर्स सिविल एण्ड लिनियर जेवी) को गाउँपालिका पुजिगत रु.६० लाख , मिलनचोक अम्लहवा म्याचिङ्ग योजना (कपिलवस्तु खान कन्ट्रक्शन प्रा.लि.)को ३६ लाख ११ हजार ७ सय १३ रुपैया, हरिबोध प्रावि (सुर्योदय निर्माण सेवा) गाउँपालिका पुजिगत रु. ३० लाख, जनज्योति आधारभूत विद्यालय (एनवि कन्ट्रक्शन) को शसर्त पुजीगत रु. २० लाख २८ हजार ३७ , वडा नं. २ भवन निर्माण (शिवगढी एनआइपी निर्माण सेवा) को गाउँपालिका पुजीगत रु ५० हजार, लुम्बिनी एकिकृत विकास संस्था (झोलुङ्गे पुल) १ लाख ७३ हजार पचार रुपैया, नौडिहवा गोबरहवा झोलुङ्गेपुल (पुल उपभोत्ता समिति) को शसर्त पुजिगत रु. १५ लाख ८८ हजार ९ सय २७ , प्रेमनगर गाउँमा अधुरो सडक कालोपत्रे (श्याम एण्ड सन्स निर्माण सेवा) को गाउँपालिका पुजीगत रु. २४ लाख , गणेशपुर ढोढरी खुरुहुरिया सडक स्तर उन्नती (देउराली ईन्जिनियरीङ्ग कम्पनी प्रा.लि) को ३ लाख ३८ हजार ६१ रुपैया, सडक बोर्ड नेपाल लगायतको साझेदारी योजनाको भुक्तानी रु. ६० लाख ७१ हजार ४ सय ६२ रुपैया गरी कुल ३ करोड १७ लाख रुपैया भुक्तानी दिन नसकिएको बताए ।


चालु आ.ब.मा सम्पन्न भएका योजनाहरुको भुक्तानी गाउँपालिकाको दायित्व अन्तगर्त प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । प्रदेश र संघको शसर्तका योजनाहरुको रनिङ्ग बिलको आधारमा भुक्तानी गरिएको र पालिकाको दायित्व अन्तर्गत पर्ने रकम अभावका कारण यो आर्थिक बर्षमा भुक्तानी गर्न नसकिएको उनको भनाई छ । संघ र प्रदेशले पठाउने समानिकरण अनुदानमा अन्तिम किस्ताको ५० प्रतिशत रकम नउदाँ योजनाहरुको भुक्तानीमा समस्या भएको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्