कर्जा भुक्तानीको पनि यसरि लिन्छ साना किसानले हर्जना, ठगिए ॠणी


पालिका पत्र

२ श्रावण २०८०, मंगलवार २०:२४ मा प्रकाशित


कपिलवस्तु, साउन ०२ ।
कपिलवस्तुको सान किसान कृषि सहकारी संस्था लिमिटेड बाण्गंगाले कर्जा भुक्तानीको पनि हर्जना लिएको खुलेको छ । सहकारीले जेठ महिनामा तिरेको ब्याजको पुनः साउन महिनामा जेठ र असारको व्याज सहित हर्जाना लिएको हो । सहकारीले बाणगंगा ८ की तुल्सा पाण्डेको नाममा रहेको कर्जाको हर्जना लिएको उनका छोरा विक्रम पाण्डेले बताए । उनले शिद्धार्थ बैंक मार्फत जेठ महिनाको ब्याज बुझाएको बताए ।


विक्रम पाण्डेले भने “जेठ महिनाको व्याज आफुले साथिको खाता मार्फत साना किसानको खातामा दाखिला गरेको तर साना किसानले त्यसलाई ब्याज नकटाई बङ्ग्याउन खोजेको आरोप लगाए ।” पाण्डेले शिद्धार्थ बैंक मार्फत व्याज भुक्तानि गरेको डिजिटल भैचर देखाउदै भने “मैले यसरि बुझाउदाँत ठगिए रेमिटान्स गर्नेको हालत के होला ?”

बिक्रम पण्डेले जेठ महिनामा बुझाएको ब्याजको डिजिटल भौचर:


साना किसान माथिको भरोसा माथि संका गर्दै पाण्डेले भने “यसरि म जस्ता कति ठगिए होलान ।” मंगलवार (आज) कार्यालयमै गएर जानकारी गराउदाँ समेत न त्यहाँका कर्मचारीले चासो देखाए, न त्यहाँको प्रशासनले चासो देखाएको उनको भनाई छ । पाण्डेले सबै मिलेर मिलेमत्तोको खेति गरेको भान भएको बताए । पिडित पाण्डेले कर्जा तिरेर पनि घरमा फोन आउनु, कर्जा तिरेको प्रमाण संग साना किसान जाँदा त्यसको हर्जाना सहित दुई महिनाको ब्याज बुझाउन पर्नुले आफुलाई संस्था प्रतिको विश्वास टुटेको उनको भनाई छ ।

बिक्रम पण्डेले जेठ र असार महिनाको व्याज हर्जना सहित बुझाएको भौचर:


उता संस्थाका प्रबन्ध निर्देशक सालिकराम पौडेलले गैर जिम्मेवार जवाफ दिए । उनले भने “त्यहाँ त्यस्तै छ कुनै कुनैको पैसा आउछ थाहाँ हुदैन ।” बुधवार पाण्डेलाई कार्यलयमा आउन आग्रह गर्दै उनले प्रबन्ध निर्देशक पौडेलले आफु अशुलि फाटमा नरहने हुदाँ विहान १० बजे कार्यालय बोलाए । उनको जवाफमा पाण्डेले आफु कन्फ्युज भएकि भनेर दिउसो शिद्धार्थ बैंकमा गएर पटक पटक चेक गर्दा ग्लेबल बैंकको खातामा पैसा गएको बताए । तत् पश्चात प्रबन्ध निर्देशक पौडेलले भोलि अर्थात बुधवार विहानै आठ बजेनै कार्यालय आउनु भनेर भने । उनले सबै डिटिएल त्यतिबेलै हेरौला भनेर उम्किए ।


यस विषयमा संस्थाका अध्यक्ष भिम साकोटाले प्राविधिक कुरा आफुलाई जनकारी नहुने र बैंक दाखिलाको भौचर भएसम्म ऋणी ठगिन नपर्ने बताए । उनले भने “ब्याज दाखिला गरेको बैंक भौचर संग कार्यालय आउनु ठगिने कुरै हुँदैन् ।” कर्मचारी बाट कुनै गल्ती भएमा सच्याउन संस्था तयार छ सापकोटाले भने ।

प्रतिक्रिया दिनुहोस्