डुवान पिडितलाई रोटरीको सहयोग


पालिका पत्र

१० श्रावण २०८०, बुधबार २१:११ मा प्रकाशित


कपिलवस्तु, साउन १० ।
रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले बाणगंगा वडा नम्बर ७ र ८ का डुवान पिडित परिवारलाई राहत प्रदान गरेको छ । क्लवले बुधबार डुवानबाट पिडित घरपरिवारलाई राहत वितरण गरेको हो । जिल्लामा सामाजिक कार्यमा सक्रिय रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले विपदमा जुनसुकै स्थानमा पुगेर सहयोग गर्ने गरेको छ ।


मंगलवार राति परेको अविरल वर्षाका कारण १ सय ६३ घर डुबानमा परेका थिए । बाणगंगाको वडा न.७ र ८ मा पर्ने प्रगति टोल, चौरी गाउँ, शान्ति टोल, पुल चोक, उत्तर र सिसनिया लगायतका क्षेत्रका घरहरु डुवानमा परेका हुन् ।


रोटरी क्लव अफ मिड टाउन कपिलवस्तुले विपदमा परेका परिवारलाई कल्वमा सदस्यहरु संग सहयोग जुटाएर सहयोग गरेको क्लबका पुर्व अध्यक्ष रोटरीएन माधव भाट क्षेत्रिले बताए । उनले आफुुहरुले विपदमा जिल्लामा मात्रै नभएर जहाँ पुगेर पनि पिडितलाई सहयोग गर्ने गरेको बताए । क्लवले २१ हजार बराबरको खाद्यान्न, लत्ताकपडा लगाएतका समग्री प्रदान गरेको जनाएको छ ।

राहत प्रदानमा क्लवका पुर्व अध्यक्ष नरेश पौडेल, बासुदेव घिमिरे, क्लवका अध्यक्ष रो. बिष्णु माया श्रेष्ठ लगायतले सम्बोधन गर्नु भयको थियो।

प्रतिक्रिया दिनुहोस्