स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुखद्वारा मदिरा सेवन गरी महिला कर्मचारीमाथि बलात्कार प्रयास


पालिका पत्र

१४ श्रावण २०८०, आईतवार १८:४५ मा प्रकाशित

कपिलवस्तु, साउन १४ । कपिलवस्तुको शिवराज नगरपालिकाकी एक महिला कर्मचारी माथि आधारभुत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुखले बलात्कारको प्रयास गरेको आरोप लागेको छ । नगरपालिकाले सन्चालन गरेको आधारभुत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिकाका भुवन पाण्डेले राति डिउटीमा खटिएका महिला कर्मचारी माथि बलात्कारको प्रयास गरेको हुन् ।

शुक्रबार राती करिब १ बजे मदिरा सेवन गरी आधारभुत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख पौडेल र भुवन पाण्डेले महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको हो । शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले घटनाको सत्य तथ्य बुझ्नका लागि आरोपित कर्मचारीलाई बोलाएको बताए । यदि दोषि भए कानुन बमोजिम कारवाही हुने पर्ने बताए ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख शेखरजंग मल्लले घटना बारेमा आफुले जानकारी पाएको तर, अहिलेसम्म कहि पनि उजुरी दर्ताका लागि भने नआएको बताए । ‘घटना शुक्रबार रातिको भएको भन्ने छ । यद्यपी अहिलेसम्म यस घटनाबारे कसैले पनि उजुरी दिन आउनु भएको छैन् । यसबारेमा हामी अनुसन्धान गछौँ ।’–उनले भने ।

प्रतिक्रिया दिनुहोस्