हाईटेक प्याथ ल्याव: २० प्रतिशत छुटमा सबै प्रकारको स्वास्थ्य जाँच


पालिका पत्र

१६ श्रावण २०८०, मंगलवार १२:२५ मा प्रकाशित


कपिलवस्तु, साउन १६ ।
कपिलवस्तुको जिल्ला मै ठूलो हाईटेक प्याथ ल्याव प्रा.लि. बाणगंगाले सबै प्रकारको स्वास्थ्य जाँचमा २० प्रतिशत छुट सहितको सेवा दिने भएको छ । ल्यावले आफ्नो आजिवन सदस्यता बनेर आउने विरामीलाई सधै भरी २० प्रतिशत छुट सहितको सेवा दिने भएको हो । हाईटेक प्याथ ल्यावले करिब १ हप्ता अघि देखि निःशुल्क सदस्यता प्रदान गर्न थालेको छ ।


उक्त सदस्यता कार्ड सहित ल्यावमा आएमा सबै प्रकारको स्वास्थ्य जाँचमा २० प्रतिशत छुट तथा अन्य सुविधा उपल्बध रहेको प्रबन्ध निर्देशक बेदुराम पोख्रेलले जानकारी दिए । उनले धेरै प्रकारका रोगहरु परिक्षण व्यवस्था गरि विरामीलाई काठमाण्डौं बुटवल जानु पर्ने बाध्यताको अन्त्य गर्न ल्याव सेवा सञ्चालनमा ल्याईएको र विरामिलाई थप सेवा दिन लागिएको बताए । दिसा, पिसाव, रगत, खकार, विर्य, थाईराईड, मुटुको जाँच, लिभर जाँच, भिटामिन डि, किड्नी जाँच तथा पाठेघरको जाँच लगाएत जिल्लामा हुनै नसकेका रोगको सरल तथा भरपर्दो चेक जाँच हुने उनले बताए ।


स्वास्थ्य परिक्षण तथा ल्याव सम्बन्धि सेवा र सुविधालाई मध्यनजर गर्दै व्यवस्थित अत्याधुनिक प्रयोगशाला र दक्ष प्राविधिक सुविधा रहेको प्रबन्ध निर्देशक पोख्रेलको दाबी छ । थाईराईडका अतिरिक्त क्यान्सर, मुटु सम्बन्धि, पाठेघर सम्बन्धी सम्पूर्ण सेवा लगायतका रोगको रक्त परिक्षण गरिने पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस्