कार्यपालिका सदस्यको निधनमा सन्धिखर्कमा शोक बिदा


पालिका पत्र

१८ श्रावण २०८०, बिहीबार ०७:३८ मा प्रकाशित

अर्घाखाँची, साउन १८ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाकी कार्यपालिका सदस्य सरस्वती देवी रानाभाटको निधनमा पालिकाले शोक बिदा दिएको छ ।सन्धिखर्क नगरपालिका–१० गच्छेगैराकी नगर कार्यपालिकाकी सदस्य तथा वडा सदस्य रानाभाटको बुधवार निधन भएको हो । रानाभाटको निधनमा आज बिहीवार एक दिनका लागि नगरपालिकाले शोक बिदा दिने निर्णय गरेको छ ।

सन्धिखर्कभित्रका वडा कार्यालय, शिक्षण संस्था तथा स्वास्थ्य संस्थाहरू बन्द गरी शोक मनाइने निर्णय भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले बताउनुभयो । आज विहिवार बिहान १० बजे नगरपालिकाको कार्यालयमा शोकसभाको समेत आयोजना गरेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्