कपिलवस्तुको मायादेविमा सर्पको टोकाईबाट २ बर्षका बालकको मृत्यु


पालिका पत्र

२१ श्रावण २०८०, आईतवार १७:३२ मा प्रकाशित


कपिलवस्तु, साउन २१ ।
कपिलवस्तुको मायादेवि गाँउपालिका वडा न. ३ खैराटीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ । शनिवार करिब ९ बजेको समयमा सर्पले टोक्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मायादेविका अन्दाजि २ बर्षका सुर्य बरईलाई आफ्नै घरको आगनमा खेल्ने क्रममा बिषालु सर्पले टोकेकको हो । उनलाई उपचारको लागि सर्पदशं अस्पताल गोरुसिङ्गे लगिएको र त्यहाँ उपचार हुन नसके पछि जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो । तौलिहवामा उपचार गर्दा गर्दै उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । जिल्लामा सर्पको विगविगी रहेकाले सचेत हुन आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्