बाणगंगामा डेंगी नियन्त्रणका लागि अभिमुखिकरण


पालिका पत्र

२१ श्रावण २०८०, आईतवार १९:३९ मा प्रकाशित


कपिलवस्तु, साउन २१ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले डेंगी नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । आईतवार नगरपालिका स्तरिय १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो । आर्थिक बर्ष सुरु भएपछि को यो पहिलो कार्यक्रम पनि हो ।


कार्यक्रममा बोल्दै नगर प्रमुख चक्रपाणी अर्यालले नगरमा डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको बताए । लामखुट्टेले टोकी विरामी हुनुभन्दा लामखुट्टे लाग्नै नदिने कार्ययोजना सहित नगरले कार्यक्रम गरिरहेको बताए । लामखुट्टे वस्ने वासस्थान खोजी नष्ट गर्नको सबैको सहकार्य आवश्यक रहेको नगर प्रमुख अर्याललको भनाई छ ।


यस्तै कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी थारुले डेंगीबाट बच्नको लागि घरवरपर, कार्यालय सफा राख्नु पर्ने बताउईन । उनले यसलाई नियन्त्रण गर्न अघिले वर्ष पनि नगरले अभियान सञ्चालन गरेको उनको भनाई छ । डेंगी अझै नगरमा देखा परिनसकेको र यसलाई नियन्त्रण गर्न पहिले नै कार्यक्रम आयोजना गरेको बताईन ।


कार्यक्रममा स्वाथ्य शाखा प्रमख ठगराज पौडेलले नगरका ११ वटै वडामा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए । यसमा सबैले साथ दिदै अभियान सञ्चालन गर्न पौडेलले आह्वान गरे । रोग नियन्त्रण गर्न आसपासमा पानी जम्ने खाल्डा खुल्डी छन् कि छैनन् भन्ने अवलोकन गर्ने र लामखुट्टेले अण्डा पार्न सक्ने स्थान भएमा लार्भा नष्ट गर्ने अभियानकै रुपमा सञ्चालन हुने उनको भनाई छ ।


कार्यक्रममा पिपरा अपस्तालका डाक्टर मेडिकल अधिकृत गणेश क्षेत्रीले डेंगी हुदा कस्ता लक्षण देखिन्छन्, कतिदिन सम्म ज्वरो आउछ, लगायतको विषयमा प्रस्ट परेका थिए । डाक्टर क्षेत्रील पछिल्लो समय ‘आँखाको इन्फेक्सन’ अर्थात आखाँ रातो हुने बढ्दो क्रममा रहेको हुदाँ यसको बारेमा पनि जानकारी गराए । साथै आखाँ पाक्ने रोगका लक्षण, बच्ने उपायहरु र लागिहालेमा के गर्ने लगायतको बारेमा सहजीकरण गरेका थिए ।


त्यस्तै बाणगंगा नगरपालिकाको आयोजना, कालिका स्वालम्वन सामाजिक विकास केन्द्रको प्राविधिक सहयोग रहेको कार्यक्रममा जिल्ला परियोजना संयोजक निशान कुंवरले डेंगी रोगको रोकथाम तथा नियन्त्र, डेंगी कस्तो रोग हो ?, कसरी सर्छ, डेंगी लागेमा कसरी थाहा पाउने, र लामखुटेको वासस्थान तथा बृद्धि विकास हुने स्थानहरु प्हिचान गर्ने र नष्ट गर्ने लगायतको बारेमा सहजिकरण गरेका थिए ।


कार्यक्रममा कपिलवस्तु स्वास्थ्य कार्यलयका निमित प्रमुख अनिरुद्ध श्रीवास्तव, वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमख खिम बाहादुर जिसि, कालिका स्वालम्वनका कार्यकारी निदेर्शक अजुर्न थापा लगायतले बोल्दै यस अभियानमा सबै संघ स्थाले साथ दिनु पर्ने बताए ।


होटल माछापुच्छ्रेमा भएको अभिमुखिकरण कार्यक्रममा नगर भित्रका विद्यालयका फोकल प्रशन शिक्षक, अथवा विद्यालयका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्य कर्मिहरु र सञ्चारकर्मिहरको उपस्थिति रहेको थियो ।


सबै भन्दा धेरै र छिटो सन्देश जाने विद्यालय भएको कारणले शिक्षकहरुले विद्यालयमा डेंगी रोगको बारेमा सिकाउनु पर्ने बताईएको छ । यता नगर वडा बजार चोक, हुँदै हरेक विद्यालयमा, टोल टोलमा भदौबाट अभियान सुरु हुने छ । यसका लागि रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि नगरपालिका स्तरिय कार्ययोजना पनि बनाईएको छ । लामखुटे्को बासस्थान खोजी र नष्ट अभियानमा शिक्षकको भुमिका, स्वास्थ्यकर्मिको भुमिका, र संचारकर्मीको भुकिको बारेमा समेत बताइएको छ ।


डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग हो । यो रोग विश्वका धेरै देशमा प्रकोपको रुपमा देखा परेको छ । डेंगु एडिस नामक लामखुट्टेको टोकाईबाट सर्दछ ।

प्रतिक्रिया दिनुहोस्